Tuesday , November 21 2017
Breaking News

पानी माथी बल, बल भित्र मान्छे (भिडियो)

डुंगा शयर मात्र गर्न पाइने फेवातालमा अब बिल्कुलै नयाँ जलक्रीडाको मज्जा लिन सकिने खेल भित्रिसकेको छ । विशेष प्रकारको प्लास्टिकबाट निर्मित ठूलो बलभित्र पसेर तालमा रमाउनेहरूको भीड भएको छ पोखराको फेवातालमा ।

उक्त खेलमा स्वदेशी मात्र हैन विदेशी पर्यटक आकषिर्त भएका छन् । फेवातालमा हालसम्म परम्परागत डुंगाबाहेकमा अरु खेल भित्रिन सकेका थिएनन् । वाटर बलले नयाँपनको अनुभूति दिलाएको छ । पानीमाथि बलभित्र लडीबुडी र हिँडेर आनन्द लिन सकिन्छ । गोलाकार ठूलो प्लास्टिकको बलमा ‘चेन’ जडान गरिएको छ । उक्त चेन खोलेर बलभित्र मान्छे पसेपछि साढे सात सय वाटको हावाले भरिन्छ । बलभित्र पानी पस्दैन र बाहिर सुरक्षाका लागि दुई वटा ह्यान्डिल राखिएको हुन्छ । ४५ मिनेटसम्म पुग्ने अक्सिजन राखिएको हुन्छ । चीनबाट नेपाल भित्र्याइएको उक्त खेल सुरुमा काठमाडौंमा सञ्चालन गर्ने योजना थियो ।

Leave a Reply