अन्तरबार्तामा भक्कानिए पत्रकार ऋषि धमला र उनकी श्रीमती Anniversaryमा धमलालाई छोराको अभाब

बरिष्ठ पत्रकार ऋषि धमलाकि पत्नी एलिजा गौतम अभिनीत फिल्म ‘अनुराग’ फिल्म घोषणा देखिनै विभिन्न कारणले चर्चामा आइरहेको छ । ‘अनुराग’ अब श्रावणको २५ गते रिलिज हुने भएको छ । यस अघि जेष्ठ ११ लाई रिलिज मिति तोकिए पनि फिल्मको विभिन्न कामहरु गर्दै जाँदा प्रदर्शनका लागी पूर्ण तयारी भै नसकेर श्रावण २५ लाई सारिएको फिल्मका निर्देशक सत्यराज चौलागाईंले बताए ।

‘कान्छा दाई गाना बजाइदेउन….’ र प्रतापदासको स्वरमा सु-सजित गीत ‘तिम्रो स्वरमा….’को चर्चा संगै फिल्म अहिले प्रतिक्षित बनिरहेको छ । फिल्मलाई बि.के. फिल्म्सको तर्फबाट गोपाल कायस्थले वितरण गर्ने भएका छन् ।
यसै फिल्मबाट निर्देशक चौलागाईंले डेब्यु निर्देशन गरेका हुन् भने अभिनेता समुन्द्र पण्डितले पनि डेब्यु गरेका हुन् । फिल्ममा एलिजा र समुन्द्रका अलावा ठिलेन लामाको पनि मुख्य भूमिका रहेको छ भने फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक सांगेतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो । फिल्ममा गीता भेटवाल निर्मात्रीको रुपमा रहेकी छिन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् । फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।