किन भागिरथ र भूमिका बिच ‘मायाको पिरलो’ आयो (भिडियो सहित )

काठमाडौँ- लोक दोहोरी गायक भागिरथ चलाउने लोक दोहोरी गीतको क्षेत्रमा पृथक स्वर भएका चर्चित नाम हो । यसै गरी अर्को चर्चित नाम हो भूमिका गिरी । यि दुबैको जोडिले एक पछी अर्को चर्चित गीत हरु बजारमा ल्याउदै आइरहेका छन । गोरखपुरको सलाई को अपार सफलता पछी अहिले यही जोडी मिलेर ‘मायाकै पिरलो’ लिएर आएका छन ।

आकर्षक भिडियो सहित यो गीत सार्वजनिक गरिएको छ ।

नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको लय, केसव बडुको संगीत संयोजन रहेको गीतमा भुमिका र भागिरथ चलाउनेको स्वर रहेको छ । जो कोहीलाई पनि मनछुने लोक शैलीको यो गीतमा गायक गायिकाले मायाको चिन्ता गरेका छन् ।

लोक गायक समेत रहेका रामजी खाँण र चलेकी मोडल रश्मी तामाङको अभिनय रहेको भिडियो निर्माण राम्रो तवरले गरिएको छ । राजेश घिमिरेको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।