प्रदेश ५ को संसदमा देखियो रोमान्चक दृष्य ः प्रम केपी ओलीको भाषणले सांसदहरु भुसुक्कै निदाए (भिडियो)

प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई आईतबार बुटवलमा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो । नेपालको व्यापार घाटामा असन्तुलनमात्र नभएर निकै ठूलो अन्तर रहेको बताउँदै उहाले यसलाई घटाउन हरेक कुराको सदुपयोग गरिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको संविधानले सबैभन्दा धेरै उपलब्धि दिलाएको भन्दै सरकारको अबको ध्यान सामाजिक न्याय र समानतातर्फ केन्द्रित रहेको बताउनुभयो । उहाँले लोकतन्त्रलाई वास्तविक अर्थमा व्यवहारमा कार्यान्वयन गर्नेतर्फ लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो आचरणमा र समाजको जीवनपद्धतिका रुपमा अपनाइने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि आकाशको अधिकार लिने र विमानहरु चल्ने बताउँदै आफूले भारत भ्रमणमा जाँदा पनि यो कुरा राखेको बताउनुभयो । धार्मिक पर्यटन, सांस्कृतिक, पर्यटन, कृषि, उद्योग, व्यापारलगायत धेरै सम्भावना प्रदेश नं ५ मा रहेको बताउँदै यसको योजनाबद्ध विकासमा लाग्नसमेत निर्देशन दिनुभयो । ओलीले भाषण गर्दा सांसदहरु निदाएका थिए । संसद भवनमा निदाएर घुरको आजाव समेत आएको बताईएको छ ।