एउटा प्रश्न, जसले निखिललाई तर्साउँछ

‘एक्सन किङ’ नायक निखिल उप्रेतीले ७ तला हाम फालेर खुबै चर्चा पाए । एकसाथ दर्जनौ खलपात्रसँग लडाई गरे । तर, उनै निखिललाई एउटा प्रश्नले भने भने तर्साउन थालेको छ ।

पछिल्लो समय निखिल मिडियाकर्मीको एउटा प्रश्नमा सधै आक्रोशित हुने गरेका छन् । जसले गर्दा, उनी र मिडियाविचको सम्बन्धमा केही खटपटी पनि भैरहेको छ ।

बर्ष मुम्बइमा बसेर नेपाल आएका निखिलले एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । उनी कमब्याक भएपछि व्यक्तिगत रुपमा हिट त भएका छन्, तर उनलाई लिएर चलचित्र बनाउने निर्मातालाई भने खुशी मिलेको छैन ।
[youtube https://www.youtube.com/watch?v=znz2hHuiAyA]

मिडियासँगको कुराकानीमा निखिल एउटा प्रश्नमा सधै झर्किने गरेका छन् । निखिललाई तर्साउने प्रश्न हो, उनको घर परिवारको । ‘घर कसरी चलिरहेको छ, २ जना श्रीमतिसँगको सम्बन्ध कस्तो छ ? तपाई कोपिला वा संचिता मध्ये कोसँग बस्नु हुन्छ ? यस्तो प्रश्नमा निखिल आक्रोशित हुन थालेका छन् ।

निखिल अहिले मिडियासँग कुराकानी गर्नु अगाडि नै भन्छन् कि-‘घरयासी प्रश्न भने नसोध्नुहोला है’ । निखिल अब यो कुरा पुरानो भएकाले यही कुरामा मात्र कती अल्झनु भनेर कुराकानी अगाडि नै भन्न थालेका छन् । आखिर निखिललाई यो प्रश्नले कहिलेसम्म पछ्याइरहने हो अनी निखिल कहिलेसम्म यो प्रश्नबाट भागिरहने हुन् ?