साउदी जेलमा परेका कुमारको लागि नेपालबाट आमा र बुबा श्रीमतीले ”भाबुक” हुदै रुदै गरे अपिल (मर्मस्पर्शी भिडियो)

गोरखा सदरमुकाम बाट २ / ३ घन्टा यात्रा पछि बोर्लाङ्ग गाउँ आउँछ त्यही गाउँमा जन्मेका कुमार रानाको घर छ । सामान्य परिबारमा जन्म भएका कुमार परिबार पाल्नको लागि बिदेसी भुमिको यात्रा साउदी अरब पुगे। साउदी अरबमा कम्पनीले गाडी चलाउन लगाउछ लाइसेन्स बिना कम्पनीले परेको बेहोर्छु भन्छ उनी गाडी चलाउछ्न गाडी को बिल बुक पनि फेल भएको हुन्छ । गाडी चलाउने क्रममा साउदी नागरिकको गाडी आफै आयर ठोकिन पुग्छ् र प्रहरी केश हुन्छ अन्त्यमा नेपाली कुमार रानाको लाइसेन्स र बिल बुक नभएको कारण साउदी नागरिक घाइतेको उपचार खर्च बेहोर्नुपरेको छ। साउदी नागरिक को खर्च को विवरण २ लाख ९४ हजार रियलको हस्पिटल बाट पेपर आउँछ अदालतले पनि कुमार रानालाइ २ लाख ९४ हजार साउदी रियाल लगभग नेपाली ८० लाख बुझाउनुपर्ने केश सुनाउँछ। केश सुनवाईको केही दिन पछी कुमार प्रहरी हिरासतमा हुन्छ्न र उनलाई जेल चलान हुन्छ् ।

आमाले रुदै मेरो छोरो नेपाल ल्याइदिनु भन्दै अपिल गरेको भिडियोमा सुन्नु होला !

नेपालबाट आमा बुवा छोरो कहिले आउछ भन्दै दिन गन्दै बसेकी साठी वर्षकी आमा निमकुमारी र बैसट्ठी वर्षीय बाबु तेजबहादुर हुनु हुन्छ, एक्लो छोरा कुमार कहिलेकाहीँ घरमा आमालाई फोन गरेर नआत्तिन भनिराख्छन् । तर आफ्नो एक्लो छोरा साउदीको जेलमा रहँदा कसको मन रुँदैन र? आमा निम कुमारीले भेटेका जतिलाई आफ्नो छोरालाई सहयोग गर्न अनुरोध गरेकी छन् ।
कुमार रानाकी श्रीमती पैसा जुटाउन सामाजिक सञ्जाल फेसबुकमार्फत ‘कुमार राना बचाऔं’ अभियान मार्फत सक्रिय देखिएकी छिन्, अहिले सम्म लगभग साठी हजार जति मात्र रकम उठेको छ । सो अभियानको संयोजन गाउँकै नातेदार पर्ने कृष्ण ढकालले गरेका छन् । उनको दौडधूपमा पनि धेरै खर्च भएको छ । परिवार ऋणमाथि ऋणमा डुबेको छ, तर कुमार राना स्वदेश फर्कन पाउने या नपाउने कुनै टुंगो छैन ।

(कुमार रानाका लागि नेपालबाट सहयोग गर्न चाहनेहरूले प्रभु बैंक कलंकी शाखामा अम्बिका राना मगर, कृष्णप्रसाद ढकाल र चित्रकुमार श्रेष्ठको नाममा रहेको संयुक्त खाता नम्बर ०३९०१००१००६५६९०००००१ मा र विदेशबाट सहयोग गर्न चाहनेले राजन गोतामे ९८५१०९३४४५ लाई सम्पर्क गर्न सक्नेछन् ।)