रबि लामीछानेलाइ देश निकाला गर्नु पर्छ भन्ने हरुको लागी आयो अहिले सम्मकै कडा जबाफ (भिडियो सहित)

नीलमणि भण्डारी काठमाडौँ ,

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली लगायत अहिले रबि लामिछाने पनि यस अभियानमा जोडिएका छन् । पछिल्लो समयमा उनले गरेका काम हरुलाइ मध्य नजर राख्दै उनि लाखौ नेपाली हरुका ढुक ढुकी बनेका छन । विगतका दिनहरुमा रवि लामीछाने, प्रेम बानियाँ,अष्टमी गुरुङ, धुर्मुस सुन्तली र कुलमान घिसिँङका बारेमा गायक नीलमणिले हरेक नेपाली हरुको मन छुने गित गाएर सबै नेपाली हरुको मन जितेका थिय। उहाको सृजनाहरुलाई लाखौँ लाख् दर्शक महानुभाव हरुले अत्याधिक मात्रामा रुचाउनु भएको थियो। आज विभिन्न अनलाइन मिडिया र युट्युब च्यानलहरुमा रवि लामीछाने लाई देश निकाला गर्नुपर्छ भनेर केही भुसुण्डाहरुको धावा समाचारले फेरी एक चोटी झस्काईदिएको छ। देशमा भ्रष्टाचार,अनियमितता,तस्करी कालोबजारी र बलात्कार जस्ता अत्यन्तै अपराधिक घटनाहरुलाई अन्त्य गर्नका लागि अहोरात्र खटिएका एक निडर र ईमान्दार पत्रकार रवि लामीछानेका बारेमा आगामी दिनमा धावा दिँदै बोल्ने मौका कसैले नपाउन् भन्नका निमित्त यो गीत् बनाएको छु भन्दै गायक नीलमणि भण्डारी भन्नु हुन्छ!

हेरौ उक्त भिडियोमा रबिछानेलाइ समर्पित यो गित