२२ बर्षिय युवतीलाई जिउदो लास बनाउने यीनै हुन ति व्याक्ति ! भिडियो सहित

काठमाडौँ । एउटा व्यक्ति कति सम्म निर्दयी र पापी बन्न सक्छ ? कपिलबस्तुकी बिनिताको परिवारले त्यो भोग्दै र देख्दै आएको छ । कपिलबस्तुकै वाणगंगा नगरपालिका वडा नम्बर ११ बस्ने धर्मबहादुर भुषालका छोरा अनुप कुमार भुषालले बिनिताको परिवारको उठिवास लगाएको छ ।

हाल पोर्चुगलको बेजा जिल्ला बस्ने कुमार भुषालले बिनितासंग फेसबुमा मायाको नाटक गरे । त्यही बेला बिनिताको केही फोटोहरु राखेर उन्ले बिनितालाई ब्रकेलमेल गर्न शुरु गरे । नेपाल आएका बेला यसरीनै ब्लेकमेल गरेर औषधि खुवाए उनले बिनितासंग शारीरिक सम्बन्ध बनाए । त्यपछि त झन् उन्ले त्यसको भिडियोनै बनाएर ब्लाकमेल गर्न शुरु गरे ।

कुमार भुषाल प्रहरी प्रशासनमा आफ्नो पहुच रहेको भन्दै पोर्चुगलबाटै बिनिताको ७ पुस्तालाई सकिदिने भनी धम्की दिईरहन्छन् ।
उनले नेपालबाट पोर्चुगल फर्के लगत्तै बिनिताको फोटो र भिडियो सामाजिक सञ्जालमा हाल्न शुरु गरे । उन्ले बिनिता र उनको परिवारको नम्वर उन्को नक्कली फेसबुक एकाउन्ट बनाई बिनिता कल गर्ल भएको भनि सम्पर्क गर्न फोन नम्बर सार्वजनिक गरिरहे ।

यति मात्र होईन उनको घरको लोकेशनसहित प्रचार गर्ने गरे । जसका करण बिनिताको परिवारले आफ्नो घर खेत बेची बसाई सराइै नै गरे । परीवार नै स¥यो, छोरीलाई लुकाउँदै आमाले भएको घर वार बेचेर अर्कै ठांउमा घर किनिन् । अझै पनि आफ्नो घर कसैलाई देखाउदैनन् उनिहरु ।

तर बसाई सराई पछि पनि परिवारले सुख पाएनन् । बिनिताका बुवा क्यानसरका कारण अपाङ् बनेका छन् । आमाले नै खेतबारीमा काम गरेर ५ छोरी एक छोरालाई हुर्काईन् पढाईन् । कुमार भुषालका कारघ घरमा आउने केटाहरुले निरन्तर परिवारलाई दुख दिईरह्यो । ५ छोरीका सट्टा ५ छोरा भएको भए आफुले घर छाड्न नपर्ने बिनिताकी आमाको दुखेसो छ ।

केटाका बिरुद्ध उजुरी गर्न आएका उनिहरुको १ बर्ष सम्म त प्रहरीले उजुरी लिएनन् । त्सपछि उजुरी दिएको १ बर्ष भईसक्यो । यो अवधीमा कुमारले बनाएका ९ ओटा फेसबुक आईडी ब्लक भईसके तर पनि उनि फेसबुक आईडी बनाउन छाडेनन् ।

अनुप कुमार भुषालले निरन्तर टर्चर दिएपछि डिप्रेसनमा छिन् बिनिता । सम्झने शक्ति पनि कम भईसक्यो । औषधि खुवाएर मात्र निदाउन सक्छिन् ।

अहिले भने विनिताले आफ्नो लडाई आफै लड्ने निर्णय गरेकी छिन् । जिवन भर डराई डराई शोषण हुनु भन्दा खुलेरै लड्ने भनि सिधा कुरामा अएको बताउछिन् ।

बिनिता जत्री छोरी भएका कुमारले बिदेशबाटै बिनितालाई मायाको नाटक गरे । तर त्यो फेसबुकमा बसेको मायाले यति सम्म गर्छ बिनिताले कहिलै सोचिकी पनि थिईनन् ।

– न्यूज२४ नेपाल ।