राजधानीमा दिनदहाडै नगरप्रमुखमाथि फलामको रडले मरणासन्न हुने गरि यसरी भयो आक्रमण [भिडियो सहित]

भक्तपुर, वैशाख ९: मध्यपुर थिमी नगरपालिकाका प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमण भएको छ । शनिवार साँझ मेयर श्रेष्ठमाथी आक्रमण भएपछि उनी हाल कोरिया मैत्री अस्पतालमा उपचाररत छन ।

घर फर्कने क्रममा गाडी रोकेर घरको ढोका भित्र छिर्ने लाग्दा ‘मेयर साब’ भन्दै बोलाएका अज्ञात व्यक्तिलाई ‘के भयो भाई’ भन्दै जवाफ दिने क्रममा अचानक फलामको रडले हानेको श्रेष्ठले बताए । अज्ञात व्यक्तिद्वारा अचानक रडले खुट्टामा हान्न थालेपछि नगरप्रमुख श्रेष्ठले नजिकै रहेको मोबाइल पसलमा पसेर ज्यान जोगाएको उनले बताए ।

पिएनपिखबरसँग कुरा गर्दै उनले पसलको सटर बन्द गर्ने बित्तिकै आक्रमणकारी भागेको बताए। आक्रमण लगत्तै आक्रमणकारीले उनको बा ८ च ८७२० नम्बरको निजी गाडी समेत तोडफोड गर्दै पूर्ण रुपमा क्षति पुर्याएका थिए। श्रेष्ठले घटनाको कारण नगरपालिकाको आगामी योजनामा कुनै असर नपर्ने बिश्वास व्यक्त गरे।

आक्रमण योजनाबद्ध र नियोजित रुपमा घटाइएको श्रेष्ठको दावी छ। नगरप्रमुखको घरमा दिनदहाडै नियोजित रुपमा आक्रमण गर्ने दुस्प्रयास हुनु निन्दनीय कार्य भएको भन्दै तर्साउने र थर्काउने नियतले आक्रमण भएको पनि हुनसक्ने उनी बताउछन। यद्यपि आक्रमणकारीको अहिले व्यापक खोजी भैरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक प्रज्ज्वल महर्जनले जनाएका छन् ।

घटना लगत्तै उनलाई थिमीको मध्यपुर अस्पतालमा उपचारार्थ लगिएतापनि हाल कोरिया-मैत्री अस्पतालमा उनको उपचार भैरहेको छ। श्रेष्ठको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ।

हेर्नुस मेयर श्रेष्ठसँग गरिएको कुराकानी: