इशा पुगिन सिता पाइला बृद्द आश्रममा तपाई हरु भगवान हो मलाई आशिर्बाद दिनुस भन्दै (भिडियो सहित)

युके, बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायतवासी १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् ।

अहिले इशाको छोटो नेपाल भ्रमणले उनलाई उत्साहित बनाएको छ र उनको समाजिक संजालमा राखिएका फोटो र भिडियो हरु आफै बोल्छन उनले गरेका सामाजिक कार्यहरु यसरी झल्किनछन। पोखराको सिता पाइला बृद्द आश्रममा पुगेर उनले बेलायत फर्किनु भन्दा केहि दिन अघि आश्रममा रहेका बाबा आमाहरुको आशिर्वाद ग्रहण गर्नु साथ न्यानो कपडाहरु आश्रमका बाबाआमालाई पनि बाँडीन।

उनि भन्छिन ‘समाज सेवाको आगामी यात्रामा अझै स्पातिलो बन्ने प्रेरणा नेपालको छोटो भ्रमणले दिएको छ, धेरै समय बस्न पाइन्, फेरी फेरी पनि जाने नै छु’।
हेर्नुहोस उक्त भिडियो उनका केहि तस्विर र भिडियो हरु यसरी झल्किन्छन !