सारा शिर्पालीको नयाँ म्यूजिक भिडीयो वजारमा

  • कृष्ण देवकोटा युके

नायक निखिल उप्रेतीसंग दुई चलचित्र गरेर चर्चामा आएकी नायिका सारा शिर्पालीको नयाँ म्युजिक भिडियोले यतिखेर बजार तताएको छ।

“न आऊ तिमी सजिएर जे नि हुन सक्छ
यो मन मेरो बहकिएर जे नि हुन सक्छ”

गीतकार नृपेश उप्रेतीको यस गीति गजलको भाव अनुसार सारालाई अत्यन्तै कामुक रुपमा प्रस्तुत गरिएकोछ।

अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतको यो संगीतीक गजलमा चर्चित गायक हिमाल सागरको आवाज रहेको छ। “आफूले गाउँदै आएको गीतहरु भन्दा फरक शैलीको भएकोले यो गीत दर्शक श्रोताहरुलाई मन पर्ने कुरामा हिमाल ढुक्क भएको वताउछन् ।

अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक अर्जुन अधिकारीको निर्देशनमा बनेको यो संगीतिक गजलको भिडियोमा सारालाई यसरी सजिएर आयौ भने जे नि हुन सक्ने एकसाथ चेतावनी दिएका छन । गायक हिमाल सागरको साथमा मोडल रवि सिंहले र उत्सव दहालको छायांकन रहेको यो गीतलाई निशान भट्टराईले सम्पादन गरेका हुन।

साराको यसअघि निखिल उप्रेतीसंगको रुद्र चलचित्र सार्वजनिक भैसकेको छ भने पिंजडा ब्याक अगेन रिलिजको तयारीमा छ।

लण्डनमा छायांकन गरिएको अंजु पन्तको आवाजमा सजियको गीतकार नृपेश उप्रेतीकै गीत “जुनि जुनी” बाट नायिका साराले यो क्षेत्रमामा डेब्यु गरेकी हुन भने यो उनको चौथो म्युजिक भिडियो हो।
भिडियो हेर्नको लागी यो लिंक क्लिक गर्न सकिन्छ ।