कसैले भगवान देख्नु भएको छ ? छैन भने हेर्नुहोस (भिडियो सहित)

युके,
आज मातातिर्थ औंशी अर्थात् जन्मदिने आमाको मुख हेर्ने दिन । आज श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमा बाट शुभ आशिर्वाद ग्रहण गरेर मनाउँदै छन् नेपालभरि ।
हरेक वैशाख कृष्णपक्ष औँशीको दिन ९ महिना गर्भमा राखेर निकै कष्ट सहेर जन्मदिने आमालाई सम्झिने दिन । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
आमा हुनेहरुले आमालाई बिहान भेटेर मिठो खानेकुरा खुवाएर, सम्मान गरेर मनाउने गर्दछन् भने आमा नहुनेहरुले आमाको सम्झनामा बत्ति बाल्ने गर्दछन् ।
मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।
यसै मातातिर्थ औंशीको सुभ अबसरमा गायक सुजन तिमिल्सिना फेसबुक मार्फत लाइव भिडियोमै आमा महान नारी, आमा सच्चा नारी, आमा एक मात्र नारी जसले यो संसार देखाइन्
माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको शुभकामना दिदै गित र प्रवचन सहित संपूर्ण ममतामयी आमाहरुमा समर्पित गर्नु भएको छ ।
हेरौ उक्त भिडियो