नेपाली प्रवासी जीवन र रातो पासपोर्ट को खेल यस्तो छ ! (भिडियो सहित)

‘शान्ति नेपाली समाज बेलायत’ को आयोजनामा नयाँ वर्ष २०७५ कार्यक्रमको संगसंगै एउटा स्टेज नाटक प्रोग्राम जसले प्रवासमा रहेका नेपाली हरुलाई संदेश मुलुक जानकारी दिएको छ ! जुन नाटक मा हामीले देख्न सकिन्छ प्रवासी नेपाली जिवास एउटा बिदेशी पासपोर्टको लोभमा न रहेको र हामी सबै नेपाली र नेपाल प्रति माया गर्ने सबै एक हौ भन्दै यो नाटक हेरौ !

नाटक भिडियो

‘शान्ति नेपाली समाज बेलायत’ को आयोजनामा नयाँ वर्ष २०७५ कार्यक्रम भव्यताका साथ सम्पन्न�शान्ति नेपाली समाज बेलायत को आयोजना मा ०९ /०४/२०१८ तारिकको दिन नेपाली नयाँ वर्ष २०७५ को सुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ| कार्यक्रममा सस्था का अध्यक्ष श्री कोशलेश्वर ढकाल कार्यक्रम सभापति र प्रमुख अथिति सोम सापकोटा रहेका थिए | सभापति र प्रमुख अतिथि द्वारा पानस मा दीप प्रज्वलन गरी कार्यक्रम को शुभआरम्भ गरिएको थियो|

कार्यक्रममा बिभिन्न संगसस्था का प्रतिनिधि,बुद्दिजिबि वर्ग लागायत बिशिस्ठ व्यक्तिहरुको उपस्थिति थियो| उक्त कार्यक्रम मा ४०० भन्दा बढी को संख्यामा नेपाली दिदीबहिनी , बुवा आमा तथा दाजुभाई हरुको उपस्थिति थियो|

साथै कार्यक्रममा सस्थाका नौमती बाजा समुहका संयोजक नारायण बुढाथोकी ले स्वागत मन्तब्य दिएका थिए भने प्रकाश तिवारी र सुनिता तिवारीले कार्यक्रम संचालन गरेका थिए| नेपाली शहिदहरूको सम्झनामा१ मिनेट मौन धारण गरी राष्ट्रिय गान गाउदै कार्यक्रम अगाडी बढेको थियो र मनमोहक बातावरणमा उपस्थित सबै मा नयाँ वर्षको सुभकामना आदान-प्रदान भएको थियो|

कार्यक्रम मा चर्चित लोक तथा दोहरी गायक बिष्णु बन्जाडे, लोक तथा दोहोरी गायिका मंजु वि.क ले उपस्थित सबैलाई विभिन्न किसिमका लोक तथा दोहोरी गीतहरु तथा नाचगान गरेर भरपुर मनोरन्जन गराएका थिए साथै नेपाली पोशाक मा सजिएका स्थानीय कलाकार हरुले बिभिन्न नेपालको मौलिकता झल्काउने नाचगान ,

नाटक तथा ट्रैक गीतहरु गाएर रमाइलो गरेका थिए साथै कार्यक्रममा राफल (चिट्टा) पनी खेलिएको थियो| राफल कार्यक्रम सम्पूर्ण उपस्थित दिदीबहिनी, बुवा,आमा तथा दाजुभाइहरु एकैसाथ भाग लिन सक्ने कार्यक्रम भएको हुनाले सम्पूर्ण उपस्थित महानुभावहरुले राफलमा सहभागिता जनाएका थिए |

राफल अतिनै आकर्षक वातावरणमा सम्पन्न भएको थियो र कन्या को हातबाट राफल को नतिजा निकालिएको थियो र प्रथम,दुतीय,तृतीय हुनेलाई आकर्षक पुरस्कारहरु वितरण गरिएको थियो|साथै सस्थाका अधक्ष्य तथा कार्यक्रमका सभापति कोशलेश्वर ढकाल ले आफ्नो मन्तब्य को क्रममा नयाँ बर्षको सुभकामना दिएका थिए साथै सस्थाले साल भरि गरेका दैविक प्रकोप ,स्वास्थ्य क्षेत्र तथा गरिब ,निमुखा बालबालिकालाई सस्थाले गरेको सहयोगको बारेमा सबैलाई जानकारी गराएका थिए साथै आगामी दिनहरुमा पनि अझै धेरै राम्रा कामहरु गर्न को लागि सबैबाट सुझाव,सल्लाह को अपेक्षा राखेको र सबैलाई आ –आफ्नो ठाउँ बाट सक्दो सहयोगको गरिदिनुहुन अनुरोध पनि गरेका थिए र कार्यक्रममा प्रमुख अतिथि लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु ले आफ्नो मन्तब्यको क्रममा नयाँ वर्षको सुभकामना दिए साथै सस्थाले बिभिन्न सेबा मुलक काम गरेको सुन्दा धेरै खुसि लागेको र भविष्यमा यस्तै काममा सस्थालाई आफ्नो सधै साथ रहने प्रतिबद्धता ब्यक्त गरेका थिए |