बैशाख ३ गते सोमबार,अप्रिल १६ को राशिफल,भोले बाबाले सबैको रक्षा गरुन्

आज श्री शाके १९४० बि.स. २०७५ साल बैशाख ३ गते सोमबार इश्वी सन २०१८ अप्रिल १६ तारीख बैशाख कृष्ण पक्ष औशी तिथी प्रातः ०७ ः ३९ बजे सम्म पश्चात प्रतिपदा तिथी चन्द्रमा मेष राशिमा सुर्य उत्तरायण वसन्त ऋतु स्नान दानका लागी सोमबारे औसी मातातीर्थस्नान आमाको मुख हेर्ने दिन चागुँनारायण छिन्नमस्ता कीलेश्वर मूलरथयात्रा हलो बार्ने भ.पू. ब्रह्माणी यात्रा – ज्यो.पं. सरोज घिमिरे !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ कार्य थालनिको योग रहेकोछ । आफन्तजनहरु सगँ सम्बन्धमा प्रगाढता छाउनेछ । मानसम्मान प्राप्तीको समय रहेकोछ । जिबनसाथीको सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ । भोगबिलासका क्षेत्रमा समय ब्यतित रहला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

दिन खर्चमुलक साबित रहनेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । देश बिदेशको यात्रको सम्भाबना रहेकोछ । बिश्वासिला ब्यत्तित्वहरु बाट समेत धोका हुन सक्ने सम्भाबना रहेकोछ । शत्रु शवल रहनेछन ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

कलाकौशलका क्षेत्रबाट मनग्य लाभ उठाउन सकिने समय रहेकोछ । नयाँ कार्यको प्रारम्भले मन हर्षित रहनेछ । इष्ट मित्रजनहरुको साथ सहयोगले अधुरा कार्य सम्पादनमा सहयोग मिल्नेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर जुट्नेछ । भौतिक साधनको प्रयोमा समय ब्यतित रहला । पारीवारिक भेटघाटका निम्ती समय खर्चनु पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहदा मान सम्मान समेत प्राप्तीको योग रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

धार्मिक तथा मनोरञ्जनका निम्ती सामान्य यात्राको सम्भावना रहनेछ । मित्रजनहरुसगँको सम्बन्धमा सुधार आउनेछ । अनायासै सामान्य धनराशि हात लाग्न सक्ने सम्भाबना रहेकोछ । बल तथा प्रराक्रममा बृद्धि हुनाले सामान्य घमण्ड समेत बढ्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । कार्य सम्पादमा आत्मबल बड्नेछ भने ब्यापार ब्यवसायमा मध्यम दिन रहनेछ ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

रचनात्मक कार्यमा समय बित्नेछ । प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । भोज भतेरमा सरीक हुने समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

नजिकका दाजु भाई तथा ईष्टमित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला ।सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

प्रकाशित मिति : २०७५ बैशाख ३,सोमबार