रोशना भन्छिन : मेरो साथ दिनु होला मेराे सास रहुन्जेल म लड्छु (भिडियो सहित)

नर्भिक अस्पतालको २०१ नम्बर शैयाबाट न्यायको याचना गरीरहेकी उनी रोशना रामुदामु । अस्पतालको शैयाबाटै हाम्रो कार्यक्रममा स्काइप मार्फत नेपाल प्रहरीको गाडीले आँफुलाइए ठक्कर दिएर उपचारमा वेवास्ता गरेको बताएकी थिइन ।

पब्लिक युथ क्याम्पसमा व्याचलर तेस्रो बर्ष अध्ययन गरीरहेकी २० वर्षिय रोशना र उनका दाइ रोनस फागुन १७ गते होलीको दिन मोटरसाइकल सवार थिए । सिनामंगलमा उनीहरु सवार मोटरसाइकललाई कमल पोखरी प्रहरी वृतको बा १ ज ७३२२ नम्बरको सिआरभी भ्यानले ठक्कर दियो ।

जवान रमन कार्कीले चलाएको भ्यानको ठक्करबाट रोशनाको टाउको पिँठ्यु, कम्मर र खुट्टामा चोट लाग्यो भने उनका दाजुको हात भाँचियो । तत्कालै उनलाई ट्रमा सेन्टर लगिएपनि आइसियु कक्ष खालि नभएको भन्दै नर्भिक अस्पतालमा लगियो । अस्पतालमा लागेको उपचार खर्च कस्ले र्हेने भन्ने विवादकै कारण सुरुमा त उनको उपचार नै भएन । तर पछि प्रहरीले अस्पताल प्रशासन छलफल गरेपछि करीब ५ घण्टा लगाएर उनको शल्यक्रिया भयो ।

अहिले उनलाई अस्पतालले घर फर्किन सक्ने बताएको छ । तर अस्पतालको खर्च कस्ले हेर्ने भन्ने समस्याकै कराण उनी अस्पतालबो बेडबाट निस्कीन सकेकी छैनन् ।

सामान्यतयाह अन्य निजी तथा सार्वजनिक सवारीको ठक्करबाट घाइते भएमा उपचारको सम्पुर्ण खर्च सवारी धनीले गर्ने प्रावधान छ । तर जब प्रहरीकै सवारीको ठक्करबाट घाइते भइन उनको उपचारको खर्च कसले दिने भन्ने नै समस्या सिर्जना भयो । उनी भन्छिन् ।

तर कमलपोखरी प्रहरी वृतका प्रहरी नायव उपरीक्षक कुल दिप चन्दका अनुसार उपचार सुरु गर्नुपुर्व नै सवारी विमाबाट आउने रकम बाहेक अरु परिवारले नै व्याहोर्न मौखिक सहमती भएको थियो । चन्दका अनुसार विमाबाट घाइतेको अवस्थामा प्रति व्यक्ति बढीमा ३ लाख सम्म मात्रै प्रहरीले दिन सक्ने छ ।

अस्पताल स्रोतका अनुसार अहिले सम्म उनको उपचारमा १० लाख बढी खर्च भैसकेको छ । यातायात व्यवस्था नियमावलीका अनुसार घाइते व्यक्तिको सम्पुर्ण उपचार खर्च सवारी धनले व्याहोर्नु पर्ने नियम रेहेको यातायात व्यवस्था विभाग तुलसीराम अर्यालले बताए ।

उनिसँगै घाइतेका दाजुको उपचार खर्चको बारेमा समेत प्रहरीले केही बोेलेको छैन । हरेक पल हाँसो ठ्ट्टा गरीरहने, अध्ययनशील उनि सबैकी प्यारी थिइन् । सबै जना होलीको रङमा रमाइरहेको बेला उनको भने जीवननै धरापमा परेको थियो ।

अहिले खतरामुक्त भएपनि विस्ताराबाट उठेर हिँढडुल गर्न सक्ने अवस्थामा छैनन् । आफ्नो यो हालात, परीवारको मुहार र प्रहरीको यो व्यावहारले गर्दा उनलाई यो दुर्घटना सपना मात्रै भईदिए हुन्थ्यो जस्तो लाग्छ । (अनलाइनपानाको सहयोगमा)