नयाँ बर्षको दिन मसानघाटमा हजारौं मानिस जम्मा, मुख्य मन्त्रीदेखी मेयर सम्मले यसो गरे (भिडियो सहित)

पोखराको लास जलाउने ठाउँ रामघाटमा नयाँबर्षको दिन बिहानै हजारौं मानिसहरु जम्मा भए । प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, वाताबरण मन्त्री बिकास लम्साल, पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जिसी लगायत हजारौं उपस्थित भएर नयाँ बर्षको बिहानीमा समृद्ध पोखराको प्रतिबद्धता जाहेर गरे । आखिर किन मुर्दा घाटमा कार्यक्रम आयोजना भयो ? बिशेषत पोखराको गहना, पबित्र धार्मिक स्थलको रुपमा चिनिएको सेती नदी बचाउने उद्देश्यले एक वडाबाट सुरु भएपछि वडा ९ मा यो कार्यक्रम गर्दा रामघाट रोजिएको सेती बचाउँ अभियानका अभियान्ता पोखरा लेखनाथ महानगरपालीका वडा ९ का सचिव लोकदर्शन कोईरालले बताउनु भयो । कार्यक्रमको अवसरमा प्रदेश नं. ४ का मुख्य मान्त्री पृथ्वीसुब्ब गुरुङले पोखरालाई हरियाली र पूर्ण सरसफाई बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले प्रदेश सरकारले समृद्ध प्रदेश बनाउने अवधारणा अनुरुप सरकार अगाडी बढेकाले सबैले हातेमाले गर्न आग्रह समेत गर्नुभयो । हप्तामा एक घण्टा राष्ट्रका लागी स्वयंसेवा भन्ने मुल नाराका साथ रामघाटमा पोखरा उपत्यका बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बिशेषत पोखरा र पोखराको सेती नदीमा थुपारीएको फोहोरले पोखरालाई कुरुप बनाएको सहभागी वक्ताहरुले बताएका थिए । पोखरा प्राकृतिक रुपमा सम्पन्न भएपनि मानविक कारण अहिले बिग्रदै गएको पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानबहादुर जिसीले बताउँनुभयो । हरेक घरमा कम्तीमा दुई बिरुवा हुर्काउन सकेमा सोचेको ग्रिन सिटी बन्ने उहाँको तर्क थियो । मेयर जिसीले सेती नदीमा फोहोर फल्ने साथै सेप्टी टंकी मिसाउनेलाई महानगरले कारबाही गर्ने समेत बताउनु भयो ।
उक्त अवसरमा बृहत सरसफाई योजनाको प्रतिपादन गरेर निरन्तर अभियान्ताको रुपमा लागेको भन्दै पोखरा लेखनाथ वडा नंं ९ का सचिव लोकदर्शन कोईरालाई सम्मान समेत गरिएको थियो । प्रदेश नंं ४ का मुख्य मन्त्री पृथ्वीशुब्बा गुरुङले वडा सचिव कोईरालाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो ।