रबि लामिछानेको रेकर्ड तोड्न खोज्ने सुरज को हुन् ? आखिर किन तोड्न चाहन्छन् रबि कै रेकर्ड (भिडियो सहित)

सुजन आचार्यले अहिलेसम्मकै सबैभन्दा लामो रवि लामिछानेको नाममा रहेको ‘लंगेष्ट टक शो अन टेलिभिजन’ रेकर्ड तोड्ने घोषणा गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे उहाले आगामी बैंशाख २९ गतेदेखि टक शो आयोजना गर्ने बताउनुभयो । ‘अन एयर’मा लगातार ९० घण्टा सम्म बस्ने तयारी रहेको उहाको भनाई छ । द वल्र्ड विल नो मुक्तिनाथ’ भन्ने थिमा उहाले बोल्ने तयारी गर्नुभएको छ । टक–शो को प्रमुख उद्देश्य भनेको नै नेपालको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथलाई संसारभरि नै चिनाउनको लागि भएको उहाले जानकारी दिनुभयो । उहाँले आफुलाई सरकारले पनि सहयोग गर्ने बिश्वास व्यक्त गर्नुभयो । यसअघि नेपालका तर्फबाट रवि लामिछानेको ६२ घण्टा १२ मिनेटको टेलिभिजन टक शो रेकर्ड भईसकेको छ ।