कहाँ चुके रमेश खरेल ? यी हुन उनका गल्तीहरु (भिडियो सहित)

प्रहरी महानिरीक्षकको दौडबाट आउट भएपछि रमेश खरेलले राजिनामा समेत दिए । राजिनामा स्वीकृत समेत भएको छ । उनको राजिनामाले प्रहरीभित्र केही असर नभए पनि आम जनमानसमा भने एक किसिमको प्रश्न उब्जीएको छ, आखिर किन पछाडी परे खरेल ? अब्बल र सक्षम प्रहरीको नाम लिँदा रमेश खरेलको नाम पहिलो नम्बरमा आउने गर्थो । लामो समय उनी कार्य सम्पादन मुल्याङ्कनमा पहिला बनेका थिए । डिआईजी बढुवामा मात्र उनी दोस्रो भएका थिए । सधै पहिलो हुने ब्यक्ती कसरी दोस्रो भए ? आठ महिना भएको भन्दै किन फेरी कार्य सम्पादन मुल्याङ्कन गरिएन ? पहिलेकै मुल्याङ्कनलाई किन आधार बनाईयो यो प्रश्न खरेल स्वयंले गरेका छन् भने आम जनताले पनि यसबारे चासो दिएका छन् । सामाजिक संजाल र न्यूजहरुमा खरेलको राजिनामाको बिषय मुख्य बनेका छन् ।
खरेल काठमाण्डौं प्रहरी प्रमुख हुँदा डान्सबारमा नाच्नेहरुको बिषयमा डान्सबारका सञ्चालकलाई म जेल हाल्छु भन्ने जस्ता कुरा गरे जुन कुरा अदालतमा पेचिलो बनेको थियो । वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतको बेञ्चअगाडि उभिएर बहस गरे, ‘श्रीमान्, अब प्रहरीले नै नागरिकलाई पक्राउ गरेर जेल हाल्ने भएपछि यो इजलाशको के काम ? बन्द गरिदिनुस् ।’
भ्रष्टाचारविरुद्धको एक कार्यक्रममा एसएसपीका हैसियतले खरेलले भाषण गरे, ‘हाम्रा हाकिमहरु ब्रिफकेश बोकेर हिँडेका छन्, बढुवाका लागि…।’ यो भाषणले उनी भन्दा माथिका हाकिमहरुलाई पच्न सकेन । हुन त जिम्मेवार ठाउँमा बसेपछि उनीले यसो भन्न नमिल्ने तर्क पनि आयो अन्तत्ः उनको अभिव्यक्तिले उनी सर्वेन्द्र खनाल भन्दा पछाडी परे । यस्ता यावत् बिषय छ जसका कारण खरेल खनाल भन्दा पछाडी परे । हेर्नुहोस् यो भिडियो ।