चरक हस्पिटलको छतबाट बिरामी हाम्फाले, उपचारको लागी अर्कै अस्पताल लगियो (भिडियो सहित)

पोखराको नयाबजार स्थित चरक मेमोरियल अस्पतालमा आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङ सिसा फोरेर हाम फाल्दा गम्भीर घाइते भएका छन । लम्जुङ घर भइ पोखरा रामबजार बस्दै आएका ३० वर्षिय युवराज गुरुङ बिहीबार अपराह्न्न तिन तलामाथी रहेको आइसियु कक्षको सिसा फोडेर हाम फालेका थिए । गुरुङको टाउकोमा गम्भीर चोट लागेको र पुन आइसियु कक्षमा उचार भइरहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए । गुरुङ केही दिन देखी अस्पतालको आइसियु कक्षमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।