भावुक हुँदै रमेश खरेलले दिए राजिनामा, अब के गर्लान् खरेल (भिडियो सहित)

अन्ततः आफू प्रहरी महानिरिक्षक बन्न नपाए पछि रमेश खरेलले राजिनामा दिएका छन् । प्रहरी संगठनमा खरेल सर्वेन्द्र खनाल भन्दा पहिले प्रहरीमा भर्ना भएका थिए । सधै पहिलो नम्बरमा रहेका खरेल डिआईजी बढुवामा दोस्रो नम्बरमा परेका थिए । २९ बर्ष प्रहरीमा सेवा गरेका डीआईजी रमेश खरेलले बुधबार पदबाट राजीनामा दिएका हुन् ।
मंगलवार सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामा दिने घोषणा गरेका थिए । बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको थियो। प्रहरीको आईजीपी मूख्य तीन दाबेदारमा खनालसँगै रमेश खरेल र पुष्कर कार्की समेत थिए। डीआईजी बढुवा हुँदाको कार्यसम्पादन मूल्याङ्कनमा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए। राजिनामा पछि रमेश खरेलले कुनै कानुनी बाटो नखोज्ने र बाहिर रहेर प्रहरीलाई सहयोग गर्ने बताएका छन् । उनले आफ्नो लक्ष्य भनेको प्रहरी महानिरिक्षक बन्ने रहेको भन्दै यो अवसरबाट आफूलाई बन्चित गराएको समेत बताए । उनले आफू अपहेलित भएर काम नगर्ने सोचका साथ प्रहरी सेवाबाट बाहिर रहन खोजेको समेत बताएका छन् ।