मासिक ५ सयबाट पत्रकारिता सुरु गरेका एक संघर्षका पत्रकारको कथा हेर्नुहोस पुरा

जिन्दगी एउटा अविरल सागर हो जहाँ पौडिरहेका माछाहरु,बग्दै गरेका छालहरू जस्तै संघर्ष गरिरहेको कुनै व्यक्तिको जिन्दगी, सबैको एकै चाहना म गन्तव्यमा पुग्न सकौ,हो यही गन्तब्य भित्रका पाइलाहरुको बिचमा आएका बादा-अर्चन संग जुध्न अनेकौ समस्याहरु आइलाग्छन।तिनै समस्या र संघर्षमा जन्मिएको मेरो जिन्दगी।देखाएर नसकिने संघर्ष र गरेर पनि नसकिने संघर्ष भित्र पर्दो रहेछ मेरो संघर्ष।
एउटा गाउँले परिवेसमा हुर्किएको यो ठिटो,तिनै गाउँ पाखामा खेल्दै-रम्दै र पढ्दै अगाडी बढेको म र मेरो जिन्दगीको केहि पल यस्ता छन जुन समझदा जति रमाईलो लाग्छ उतिकै कहाली लाग्छ आफुलाई।