तीन करोड नेपालीको शिर नझुक्ने काम गरेर यसरी शानदार रुपमा फर्किए ओली (भिडियो सहित)

काठमाडौं : भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। आइतबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रमण सफल भएको दाबी गरे।

निक्कै उत्साहित देखिएका ओलीले पत्रकारले सोधेका प्रश्नको जवाफ प्रष्टसँग दिए। जवाफ दिँदै गर्दा ओली भन्दै थिए, ‘तपाईंहरुले खोजेभन्दा बढी भने अब त पुगेन !’ ओलीले दिल्लीमा दुई देशका सम्बन्धमा विभिन्न पक्षमा कुराकानी भएको प्रष्ट पारे। दुई देशको सम्बन्धमा आवश्यक पर्ने सबै विषयमा छलफल भएको उनको दाबी छ।

हेर्नुहोस भिडियो सहित