दोहोरीको इतिहास तोडेका सर्जक केशब पौडेल फेरी अर्को इतिहास तोड्न २०७५को लागि पहिलो गीत ल्याए “हेर्नुहोस एक पटक अर्को मौलिक गीत”

सुन्दा अचम्म लाग्न सक्छ तर अनौठो मान्नु पर्दैन।तपाईले पनि त्यो गित सुनिसक्नुभो।उहीखोलीको पानी उही खोलीको माछा नाम को गित लेख्ने सर्जक हुन केशब पौडेल।नेपाल घर नवलपुर भई हाल जापानमा काम गर्दै आएका केशब पौडेल ले लेखेको उक्त गितले लोकगित ईतीयासमा नै नौलो रेकड राख्यो जुन गित मा चर्चित गायक तथा संगीत कार बसन्त थापा गायक राजन गुरुङ् गाइका देबी घर्ति को अबाज बाट गितको टिमले ५० लाख भन्दा बढी दर्शकस्रोता कमायो।हो हामीले यही ५० लाखको श्रोताको कुरा गर्दै छौ।५० लाख दर्शक कमाउने सजर्क पौडेल ले उनले परदेशबाट नै संगित क्षेत्रको यात्रा लाई अगाडी बढाएका छन।उहीखोलीको पानी पछी ,तराईमा धान झुल्दा,घिन्ताङमादल लगायत का उतकृष्ट गित बजारमा ल्याईसकेका केशब ले यतीबेला उत्कृष्ट मौलीक लोकदोहोरी गित गुन्द्रुक मिठो सागको बजारमा ल्याएका छन्।केशबको शब्दमा शिब हमालको लय रहेको गितमा बिक्रम परियार र देबी घर्तीको मिठो आवाज सुन्न पाईन्छ भने अभिनय रामजी खाँड र करिस्मा ढकाल ले गरेका छन।गितमा निर्देशन मौसम हिमाली र एरेन्ज कमल सौराग को रहेकोछ।संगित क्षेत्रको यात्रा अझै अगाडी बढोस् ५० लाख हैन करोड श्रोताको माया प्राप्त होस् केशब पौडेल लाई हाम्रो शुभ कामना