कोशी नदीमा नेपाली पानीजहाज चल्ने पक्का, मोदी र केपी ओली बीच यस्तो भयो सहमती (भिडियो सहित)

नेपाल भूपरिबेष्ठीत देश भएका कारण समुन्द्रसंग कुनै सिमाना छैन तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोशी नदीबाट पानीजहाज चलाएर भारत हुँदै हिन्दमहासागर पुर्याउने समझदारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यमा तीन नयाँ समझदारी समेटिएका छन्।
जलमार्गसम्बन्धी समझदारी अनुसार नेपालले अब कार्गोहरूको ढुवानी जलमार्ग मार्फत् गर्न पाउने छ। समझदारीमा भनिएको छ – ‘व्यापार तथा पारवान सम्झौताअन्तर्गत रहेर जलमार्ग मार्फत कार्गो ढुवानीका लागि भारतले नेपाललाई समुन्द्रसम्मको पहुँच दिने ऐतिहासिक समझदारीमा दुई प्रधानमन्त्री सहमत छौँ।’ अन्तर्देशीय जलमार्गका विषयमा दुई देशका प्रधानमन्त्रीले ऐतिहासिक निर्णय लिएको भन्दै समझदारीपत्रमा व्यापार तथा पारवहन व्यवस्थाको अधीनमा रहेर दुई देशमा सामान ओसार पसार गर्न अन्तर्देशीय जलमार्गको विकास गर्ने उल्लेख गरिएको छ ।‘नेपाल र भारतका प्रधानमन्त्री अन्तर्देशीय जलमार्गको सम्भावनालाई स्वीकार गर्दै यसलाई आर्थिक विकासमा सहयोगी बनाउन सहमत भएका छन्’ समझदारीपत्रमा भनिएको छ ।अन्तर्देशीय जलमार्गको व्यवस्थाले नेपाललाई समुद्रसम्मको पहुँच दिने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ । यसले सामान ओसारपसारमा सहज हुनुका साथै लागतसमेत घटाउनेछ । हेर्नुहोस् यो भिडियो