हाम्रो उचाईं सानो भए पनि मन सानो छैन; एकचोटि हेर्नै पर्ने मनै रुवाउने अन्तर्वार्ता [हेर्नुहोस् भिडियो]

काठमाडौँ,
होचा पुड्का व्यक्तिलाई समाजले मात्रै हैन, आफ्नै घरपरिवारले समेत अपहेलना गर्ने भएकोले, होचा पुड्काहरुको हकहितको लागि भनेर २०६० साल वैशाख १० गते स्थापना भएको होचा पुड्का संघले व्यक्ति सशक्तिकरणका लागि प्रयासहरु गर्दै आईरहेको छ । यो संस्थाले अहिलेसम्म वेकरी तालिम, अभिनय तथा नृत्य जस्ता व्यक्तित्व विकासहुने र आत्मनिर्भर बन्न सक्ने जस्ता अभिमुखीकरण तालिमको अवसर दिलाउदै आएको छ ।

होचा पुड्का व्यक्तिले रोजगारीको राम्रो अवसर नपाउने हुँदा दैनिक जीवन यापनमा पनि धेरै समस्याहरु आउने गर्छन् । आर्थिक अभावका कारण होचा पुड्का व्यक्तिहरुको अवस्था कष्टपूर्ण रहेको छ । यसैले समस्यामा परेका होचा पुड्का व्यक्तिहरुको लागि आकस्मिक सहयोगको लागी भनेर होचापुड्का कल्याणकारी कोषको पनि व्यवस्था गरिएको छ ।

हामीलाई अर्कै ग्रहबाट आएको जसरिरी हेर्ने , त्यति मात्रै होइन हेपेरे अपशब्द बोल्ने गर्दा चित्त दुख्छ भन्दै अध्यक्ष निर्मल मगरातीले गुनासो गरे। त्यसैगरी होचा पुड्का संघकी कोषाध्यक्ष यसोधाले भनिन् ,’हामि पनि केहिमा कमि छैनौ। अरुले सरह कम गर्न सक्छौ। त्यसैले हामीलाई पनि समान व्यवहार गरियोस। ‘

हेर्नुहोस् मार्मिक भिडियो :