सिमसिमे पानीमाको विषयमा भिटेन भन्छन् ‘राम्रो गीतलाई बचाउन खोजेको थिएँ’ (भिडियो अन्तरवार्ता)

काठमाडौं। पछिल्लो समय चर्चामा छन् र्यापर भिटेन । उनी यसै पनि चर्चामा थिए । उनका गीतहरु निकै लोकप्रिय भइरहेका थिए । अघिल्लो साता युट्युबमा उनको नयाँ गीत आयो सिमसिमे पानीमा । यो गीत यतिसम्म लोकप्रिय भयो कि तत्कालै ट्रेण्डिङमा पुग्यो । तर, अचानक गीत युट्युबबाट बेपत्ता भयो । भिटेको यो र्यापमा शब्द उनका आफ्नै थिए तर धुन पुरानो गीत ‘सिमसिमे पानीमा…’ को प्रयोग गरिएको थियो । यही धुनका कारण गीतमाथि कपिराइट लाग्यो र भिडियो हटाइयो ।
अब भिटेन त्यो गीत पुनः फर्काउने पक्षमा छैनन् । तर, यो गीत हटाइँदा उनलाई दुःख भने लागेको छ । डिसीनेपालसँगको कुराकानीमा उनले आफूले पुरानो गीत बिगार्न नखोजेको बताए । पुरानो गीत पछिसम्म सम्झनामा रहिरहोस् भनेर आफूले नयाँ किसिमले बनाएको उनले बताए । हेर्नुहोस् उनीसँगको भिडियो अन्तरवार्ता ।