चिया पसलेले दिए निर्मल ढकाललाई मत,निर्वाचन अधिकृतले गरे पत्रकार माथि यस्तो ब्यबाहार

कमल सरगम
काठमाण्डौ
संगीत ब्यबसायीहरुको लागि खोलिएको संगीत उत्पादक संघको तेश्रो बार्षिक साधारणसभामा सम्पन्न संगै अत्याधिक बिबाद उत्पन्न भएको छ।नयाँ कार्यसमिति चयनको लागि भएको निर्बाचन धादली भएको भन्दै अधक्ष्य पदमा उठेका संगीत ब्यबसायी सुबास रेग्मी आक्रोशित हुदै छानबिनको माग सहित चुनाव बहिस्कार गरेका छन।दुवै पक्षको सर्बसम्मतले महासचिव पदमा निर्बाचित भएका हुम गैरेको गलत प्रविधिको खण्डन गर्दै रेग्मीले उक्त निर्बाचन बहिस्कार गरेका हुन्। रेग्मी आक्रोशित हुदै भन्छन “चिया ब्यापारी कुन कम्पनीको मालिक भए”?केहि समय अगाडी खारेज भएको उक्त सस्था पुन संचालनमा आएको थियो निबर्तमान अधक्ष्य निर्मल ढकालको नेतृत्वमा चलिरहेको उक्त सस्थाको तेश्रो बार्षिक साधारणसभाको आयोजना गरि नयाँ कार्यसमिति गठनको चुनावी योजना सुरु भएको थियो। उक्त चुनावको बीच समयमा केहि त्यस्ता दृश्यहरु देखियो कि मतदातानै चिया पसल देखि ब्युटीपार्लर सम्मका ब्यापारीहरु चुनावका मतदाता बन्दै थिए।

मतदानकै क्रममा सुबास रेग्मी प्यानलले चुनाव धादली भैरहेको देखेपछि उक्त चुनावको बहिस्कार गरेका थिए।गायिका शान्ता परियारको नाममा अर्कै एक महिलाले मतदान गर्न आएको भेटपछि उक्त चुनावमा विवाद उत्पन्न भएको हो। हुम गैरेले उक्त गलत् काम गरेको भन्दै सुवास रेग्मीले माफी माग्न मतदाताहरुकै बिचमा गैरेलाई माफी माग्न लगाए।माफी माग्दै सस्थाका सर्बसम्मत महासचिब बनेका हुम गैरेले भने “म बाट गल्ति भएको माफी चाहन्छु”यो अनुमान लगाउन सक्छौ कि सान्ता जस्तै अन्य थुप्रै भाडाका मतदाता ल्याएको अनुमान गर्न सकिन्छ।केहि पत्रकारहरुले उक्त घटनालाई लिएर निर्बाचन अधिकृतलाई प्रश्न गर्दा प्रश्नको खास जवाफ दिन आनाकानी गरे।के दुबैको सहमतिमा मत गणना भएकै हो भन्ने पत्रकारको प्रश्नमा अधिकृतको उतर भने अचम्मकै थियो उनले भने “कुन दुई पक्ष?निर्वाचन सान्तिपूर्ण रुपमै भएको छ,हामीलाई कुनै केहि आको छैन।”असहज रुपमा आएको यो उतरले भने अधिकृत माथी पनि प्रश्न चिन्ह खडा हुन्छ।
हुम गैरेका समर्थक राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अधक्ष्य बद्री पंगेनीले समेत गैरेले गलत गरेको र यसको नातिजानै नराम्रो हुने प्रतिक्रिया दिए।उता रेग्मी रेग्मी प्यानलले भने भोलिनै अदालतमा मुद्धा दायर गर्ने  जानकारी दिए।गैर कानुनि रुपमा भएको निर्वाचनलाइ नमान्ने भन्दै सुबास रेग्मीले उक्त चुनावको गहिरो खण्डन गरेका हुन्।रेग्मी भन्छन “हामीले हरेको हैनौ हार्ने निर्मल जी हुन्,जसले चुनावको अर्थनै बुझेनन्,चिया व्यापारीलाई ल्याएर चुनाव लड्नु कति सम्म सहि हो आफै बुझ्नुस”।रेग्मीको आक्रोशले यो बेला सामाजिक संजाल भरिभराउ छ।उता पत्रकार दुर्गा पंगेनीले पनि रेग्मी प्यानललाइ समर्थन गर्दै हुम गैरेको राजिनामा मागेका छन।राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको सदस्य समेत रहेका हुम गैरेको राजिनामाको माग गरेका हुन्।उनि लेख्छन “गायक सन्तोष केसी ले संगीत उत्पादक समाजमा जितेको चुनावको सपथ नलिने भएछन ! गायक हुम गैह्रेले पनि उनले गरेको गल्ती स्विकार गर्दै सपथ नलिने घोषणा गर्नुपर्छ ! यदी उनले आफै घोषणा गर्दैनन भने लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्य पद बाट समेत राजीनामा गरुन ! जिम्मेवार संस्थामा पदासीन लाई “लुच्ची या झेली” को आरोप लागेपछी नैतिकताको आधारमा राजीनामा दिनु पर्छ ! कमसेकम यो जित चैं नस्विकारुन ! प्रोड्युसर समाजमा चुनाव जितेका उमेदवार हरुले गीत उत्पादनको क्षेत्रमा कुनै योगदान गरेको देखीएन ! उत्पादनका हिसापले कम्प्लिट बुंगा हरुले चुनाव जित्नु र रियल प्रोड्युसर हरु हार्नु दुर्भाग्य हो ! दुष्मनै सही ..जित्नु पर्नेले हार्दा विधी विपरीत लागो !!”