गोगन पानीमा के के हुन्छ थाहा छैन जिन्दगानीमा, दोहोरी घम्सा घम्सी (भिडियो सहित)

काठमाडौँ,
लामो समय देखि संचालनमा रहेको स्कट नेपाल डट कमले स्कटनेपाल रोधीघरको शुरुवात गरेको छ । देश बिदेशमा रहेका हाम्रा दर्शक श्रोता पाठकलाई थप मनोरञ्जन दिनका निमित्त आफुहरुले “स्कटनेपाल रोधिघर” कार्यक्रम सञ्चालनमा ल्याएको संचालक टिका अधिकारीले जानकारी दिए ।
दर्शक श्रोताहरुको मनोरन्जनको लागि अब हरेक हप्ताको शनिबार हाम्रो सो कार्यक्रम स्कट नेपालको अफिसियल YouTube Channel र Facebook Page बाट सञ्चालन हुने छ ।

हेर्नुहोस पहिलो एपिसोडको रुपमा शनिबार काठमाडौँमा रेकड भएको दोहोरी भिडियोमा

प्रस्तुतकर्ता नीलमणि भण्डारी ज्यु को मेसेज
नमस्कार! स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभाव ज्यू हरु! हामी कार्यक्रम प्रस्तोता नीलमणी भण्डारी र प्रमिला राईको तर्फबाट हार्दीक नमन्! साथै न्यानो साँगितिक अभिवादन। हजुरहरुलाई मनोरञ्जन दिनका निमित्त हामीले “स्कटनेपाल रोधिघर” कार्यक्रम सञ्चालन गरेका छौँ। आशा छ,हजुरहरुले हाम्रो यो कार्यक्रमलाई अबश्य पनि मन् पराईदिनु हुनेछ, अनि आफ्ना अमूल्य सल्लाह सुझाव र प्रतिकृया दिनुहुनेछ। हजुरहरुका सल्लाह सुझाव र प्रतिकृया नै हाम्रो सफल् साँगितिक यात्राको मार्गदर्शन र हामीले कमाएको सम्पति हो। त्यसैले हजुरहरु सबैमा यो अनुरोध गर्न चाहन्छौँ, यदी हाम्रो कार्यक्रम हजुरहरुलाई मन पर्‍यो भने आफ्ना साथीभाईहरुलाई पनि शेयर गरेर सहयोग गरीदिनुहोला। अन्तमा: हाम्रो कार्यक्रम “स्कटनेपाल रोधि घर” हप्ताको हरेक शनिबार हाम्रो YouTube Channel र हाम्रो Facebook Page बाट सञ्चालन हुने कुरा हजुरहरु सबैमा जानकारी गराउदै, हजुरहरु सबैबाट बिदा हुन चाहन्छौँ!!! नमस्कार!!! ScotNepal Media House Pvt.Ltd “स्कटनेपाल रोधि घर परिवार।।।