साउदी जेलमा तड्पी रहेका प्रेम राईलाई बचाउन समाजसेवी थापा दम्पतीले गरे ५ लाख सहयोग !

स्कटनेपाल युके, 

छ्त्र लकाई खड्का, अमेरिका । बिगत २५ बर्ष देखि समाजसेवा गर्दै आउनुभएका तेह्रथुम जिल्ला मेन्छ्येम गाउँपालिका वडा न ६ घर भई हाल अमेरीका निवासी समाजसेवी हेम थापा र माया थापाको दम्पतीले साउदी अरबमा झुटो मुद्दामा जेलमा बन्दी भएर रहेका इलामका प्रेम बहादुर राई लाई उहाँको जीवन रक्षाका लागि चलाएको अभियानलाई ५ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मंगलबार उहाँले लोकप्रिय कार्यक्रम ईन्द्रणीका कार्यक्रम सञ्चालक कृष्ण कँडेलको नाममा उक्त रकम पठाउनुभएको बताउनुभयो ।

हेर्नुहोस पैसा पैसा पठाएको प्रमाण:

जहाँ जोसुकैलाई पिडा देखेपछि आफ्नो मन दुखेर आउछ अनि आफुले सहयोग गर्नलाई मन लाग्छ सम्पत्ति जतिसुकै भएपनि मन हुनुपर्छ रहेछ । मानिसहरुका पिडाहरु लाई मलम लगाउन लाई हामीले सहयोग गरेका हौं । समाजसेवी थापा दम्पत्तीले हामिलाई बताउनु भयो । हालसम्म उहाँले विभिन्न ब्यक्तिहरु तथा संघसंस्थाहरु लाई गरेर ५० लाख भन्दा माथीको सहयोग गरिसक्नु भएको छ ।