Tuesday , November 21 2017
Breaking News

नेपाल भारत सिमामा पर्खाल लगाउनका लागि दुबईमा नेपालीहरुले जम्मा गरे १७ करोडौं

Writer : Hari Nepalee
vocal Tika ADhikari
Photo Credit : Hari Nepalee / Hemant Paudyal Facebook
दुबईबाट मात्रै नेपाल भारत सिमामा पर्खाल लगाउन करोडौं रकमको प्रतिवद्धता
हालसालै कन्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाबल (एसएसबी) द्धारा एक नेपाली नागरिक गोविन्द गौतमको गोली हानी हत्या गरेपछि स्वदेशदेखि बिदेशसम्म आक्रोशित नेपाली नागरिकहरुले नेपाल भारत सिमानामा तारबार लगाउनको लागी सरकारसँग माग गर्दै करोडौं रकम सहयोग गर्ने घोषणा गरेका छन ।
आर्थिक सहयोगको घोषणा गर्ने क्रममा ई. हिमाल गिरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन । त्यसैगरी नेपाल पत्रकार महासंघ युएईका सचिब मेघराज सापकोटा, बरिष्ठ समाजसेवी डि।एल शर्मा लागायतले एक महिनाको तलब दिने घोषणा गरेका छन भने धेरै जनाले एक महिनाको जनश्रमदान सहित आफुले सक्दो आर्थिक सहयोग गर्ने बचनबद्धता ब्यक्त गरेका छन ।

Leave a Reply