Sunday , December 17 2017
Breaking News

आफ्नै मेसिनले काटेपछि औला २ ओटा हातमा लिएर डाक्टर यो जोडदिनुस भन्दै यसरि हस्पिटल पुगे स्थलगत रिपोर्ट

सराङकोटका सन्तोष ढकाल क्षेत्री फागुन २३ गते अरु दिनजस्तै मेसिनमा काठ चिर्दै थिए ।घडीमा बिहानको १० बजाइसकेको थियो । उनी प्लाइ चिर्न व्यस्त थिए । एक वर्षदेखि नयाँबजारस्थित विष्णु फर्निचरमा काम गर्दै आएका उनले काठ चिर्ने मेसिनले आफ्नो औंला चुडाउँला भन्ने सोचेका पनि थिएनन् । तर, उनले जे नसोचेका थिए, त्यही भयो ।

काठ चिर्ने मेसिनले उनको दायाँ हातको चोरी औंला २ टुक्रा पार्‍यो । रक्ताम्य हुँदै उनी औंलाको टुक्रालाई प्लास्टिकमा राखेर गण्डकी मेडिकल कलेजको आकस्मिक कक्ष पुगे । अस्पतालका हाडजोर्नी तथा नसा रोग विशषेज्ञ डा. रविमोहन ढकाललाई क्षेत्रीको अवस्थाबारे जानकारी गराइयो ।

ढकाल तत्काल आकस्मिक कक्षमा पुगेर निरीक्षण गरेपछि औंलालाई जोड्न सकिने निष्कर्षमा पुगे र शल्यक्रियाको तयारी थाले ।
सोही दिन पाँच घन्टा लगाएर क्षेत्रीको आैलाको शल्यक्रिया गरियो । शल्यक्रिया गरे पनि सफल हुन्छ कि हुँदैन भन्ने अन्यौल नै थियो । ७२ घन्टाको अवलोकनपछि औंला चल्यो ।विरलै सफल हुने यस्तो शल्यक्रिया गण्डकी मेडिकल कलेजमा सफल भयो ।

Leave a Reply

%d bloggers like this: