नेपाली मनोरज्न्जन क्षेत्रमा थुप्रै रियालिटी शो हरु भैरहेको बेलामा अर्को एउटा फरक खालको ‘रियालिटी शो’ हुने भएको छ ।

नेपालमा पछिल्लो समय धेरै ‘रियालिटी शो’ हुदै आएको हामी सबैलाई थाहा नै छ । नेपाली मनोरज्न्जन क्षेत्रमा थुप्रै रियालिटी शो हरु भैरहेको बेलामा अर्को एउटा फरक खालको ‘रियालिटी शो’ हुने भएको छ । ‘ओ मेगा इन्टरटेनमेन्ट’ले ‘नेपाल्स मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने भएको छ । आज सोमबार राजधानीको मल्ल होटलमा एक भब्य कार्यकमका बीच उक्त रियालिटी शो को औपचारिक घोषणा गरिएको छ ।कार्यक्रममा अभिनेता सरोज खनाल, निर्माता तथा निर्देशक आकाश अधिकारी चलचित्र वितरक गोपालकाजि कायस्थ, प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोजकहरुले कार्यक्रमको बारेमा नियम हरुको बारेमा बताएका थिए । उक्त रियालिटी शो मा भाग लीनेले अभिनय गर्नु पर्ने छ कार्यक्रममा चर्चित गीतकार तथा निर्देशक यादब खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले छरिएर रहेका प्रतिभाहरुलाई यो ‘रियालिटी शो’ ले अबसर दिनेमा आफु बिस्वस्त रहेको बताएका थिए । उनले ‘ओ मेगा इन्टरटेनमेन्ट’ ले राम्रो शो गर्न लागेकोले बधाई तथा शुभकामना पनि प्रदान गरेका थिए । प्रमुख अतिथि खरेलले मन्तब्य संगै दीप प्रजोलन गरेर कार्यक्रमलाइ उद्घाटन गरेका थिए ।‘ओ मेगा इन्टरटेनमेन्ट’ ले गर्न लागेको ‘नेपाल्स मेघा सिनेस्टार’ मा तिन हस्ती नेपाली कलाकर्मीहरु सोभित बस्नेत, निश्चल बस्नेत, र माल्भिका शुब्बा जर्ज रहने छन् । उक्त रियालिटी शो को काठमाडैाँ संगै चितवन,पोखरा, बुटवल,नेपालगन्ज,बिरगंज,इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुने भएको छ । कार्यक्रममा तिनै जना जर्जहरुले उक्त ‘रियालिटी शो’ को बारेमा बताउदै आफुहरुले सकेसम्म राम्रो संग मिलेर जुरीको काम गर्ने बताएका थिए ।

उक्त रियालिटी शो मा बिजेता हुने एक जनाले एक करोड बराबरको पुरस्कार राशी प्राप्त गर्ने आयोजकले बताएका छन् । पुरस्कारहरुमा नगद २० लाख राशी, एउटा कार, एक फिल्ममा अनुबन्धित हुने अबसर लगायतको पुरस्कार गरेर १ करोड बराबरको पुरस्कार रहने जानकारी गराईएको छ ।