विरही रोल्पाली कान्छाको “खरको छानो” हेर्नुहोस भिडियो सहित

नेपाली लोकदोहोरी क्षेत्रमा रहेर नेपाली कला लाई सम्मान गदै आएको अमुल्य म्युजिक प्रालीले विरही रोल्पाली कान्छाको लोकदोहोरी सौगात “खरको छानो”को भिडियो युटुव मार्फत सार्वजनिक गरेको छ । अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको अवस्थामा सो गीतमा पनि गरिबीको पिडालाई समेटिएको निमार्ण पक्षले जनाएको छ । आर्थिक आवस्था कमजोर हुनु र भाग्यले साथ नदिदाँ हजारौँ नेपालीहरु विदेशी भुमीमा रहेर आफनो घर परिवारको खुशीको लागी काम गर्न वाध्य भएको अवस्था लाई चित्रण गरेर गीत तयार पारेको गीतका सष्टा विष्णु अधिकारीले बताए । गायक लोक प्रेमी परियार र विरही रोल्पाली कान्छाको लोकदोहोरी गीत “खरको छानो”मा गरिवीको पिडा छ ।
गीतमा जिवनको कारुणिक दुखको भाव समेटिएको छ । विष्णु अधिकारीको शब्द तथा सागर लामाको को लय गीतमा रहेको छ । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशनमा निकै सक्रिय विष्णु अधिकारी भिडियोलाई निर्देशन गरेका छन् । बासु न्यौपानेले छायाँकन , रमेश विक रसायली सम्पादन रहेको भिडियोमा प्रेम घिमिरे र नैना वत्स्यालको सर्वोकृष्ट अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो