यी हुन् युवा व्यवसायी प्रलाद सिंह महत जसले विश्व चर्चित रियालिटी शो ‘द भ्वाईस अफ़ नेपाल’ भित्राए [हेर्नुहोस भिडियो साहित्]

विश्वभर चर्चित गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ कान्तिपुर एच डी टेलिभिजनबाट प्रशारण हुने पक्का भएको छ।

कार्यक्रमको लागि एच डी टेलिभिजन नै हुनु पर्ने भएकोले उक्त शो ‘कान्तिपुर एच डी’बाट प्रशारण हुने भएको हो । एएनसी प्रोडक्सन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् l

पिएनपिखबरसँग गरिएको कुराकानीको क्रममा ‘द भ्वाईस अफ नेपाल’ को अध्यक्ष रहेका प्रलाद सिंह महत भन्छन्, ‘यस कार्यक्रममा जज नराखेर कोच राखिने छ जुन छुट्टै- छुट्टै क्षेत्रको हुनेछन भने शोमा विशेष प्राथमिकता नेपाली गीतलाई दिईनेछ त्यस्तै अंग्रेजी गीत गाउने प्रतियोगी आएको खण्डमा पनि उनीहरुले गाउँन पाउने छन् l’

यो शो अरु शोभन्दा विल्कुलै पृथक हुने छ किनभने यसमा प्रतियोगीहरुले गीत गाएको कोचहरुले नहेरी स्वरमात्र सुनेको भरमा प्रतियोगीलाई छनौट गर्नुपर्ने हुनाले यसमा जातीय या अन्य खालको बिबाद आउँने सम्भावना नरहेको र कार्यक्रम गुणस्तरीय हुने उनी बताउँछन l

‘द भ्वाईस अफ नेपाल’ भित्राएका एमडी प्रलाद सिंह महत पेशाले एक जापानिज व्यबसायी हुन् l उनी अहिले जापानमा गरिने कारोबार भन्दा पनि यसै शोको तयारीमा लागेका छन् l उनलाई यस कार्यक्रम भित्राउन ३ महिना लागेको उनले बताए l यो रियालिटी शो अन्तरराष्ट्रिय तहको हुने उनले दाबी गरेका छन् l

‘नेपाली आईडलमा पुरस्कारको विवाद आएजस्तो यसमा पनि विवाद आउने हो कि भनेर सोधिएको प्रश्नमा उनी भन्छन, ‘पुरस्कार हामी इन्स्टल्मेंटमा दिदैनौ बिजेता घोषणा भएकै बेला एकमुस्टमा पुरस्कार पनि वितरण गरिनेछl’ ‘द भ्वाईस अफ नेपाल’ पछि उनले अर्को दमदार शो पनि लेराउने पिएनखबरसँगको कुराकानीमा बताएका छन् l

यस रिलायालीटी शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन्। सुशील नेपालले सञ्चालन गर्ने उक्त शोको निर्णायकको भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहने छन्।

‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने छ। विजेताले २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन्।

विश्वभर चर्चित गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ले सोचेको भन्दा पनि बढी सफलता पाओस हाम्रो पिएनपिखबर परिवारकोतर्फबाट धेरै धेरै शुभकामाना !!! बाँकी हेर्नुस भिडियोमा…