बद्री पंगेनीले प्रचण्डलाई यसरी धरधरी रुवाईदिए (भिडियो सहित)

स्कट नेपाल/ काठमाडौं– शनिबारको रिपोटर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा लोक दोहोरी गायक बद्री पंगेनीलाई पूर्व प्रधानमन्त्री समेत रहेका माओबादी अध्यक्ष प्रचण्डलाई निकै भाबुक बनाएका थिए ।

शुरुमा बद्रीले प्रचण्डलाई फुरुङ्ग पारे, देश बनाउने वाचा सम्झाए अनि दिवंगत छोरा प्रकाशलाई सम्झाइदिएर निकै भावुक बनाए ।

नागरिकका वाचा पूरा नभएसम्म कुनै पनि नेतालाई चुनाव जितेकोमा बधाइ नदिने भन्दै भाषण सुरु गरेका बद्रीले प्रचण्डलाई स्वर्गीय प्रकाश दाहालको बारेमा यस्तो गीत सम्झाएर भावुक बनाए । एकैछिनअघिको प्रचण्डको चम्किलो अनुहार बद्रीको गीतपछि भने निकै मलिनो भयो र आँखाबाट आँसु चुहिएला जस्तै भयो ।

प्रचण्ड तिमी रुँदै नरुनु, कदापी विचलीत हुँदै नहुनु
एउटा प्रकाशले छाडेर गए, हजारौँ प्रकाश तिम्रो साथमा छ
प्रचण्ड तिमीले भुल्दै नभुल्नु लाखौंको भविष्य तिम्रै हातमा छ ।

हेर्नुहोस भिडियो सहित