पशुपतीनाथले सबैको कल्याण गरुन, चैत्र १९ गते सोमबार अप्रिल २ को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल चैत्र १९ गते सोमबार इश्वी सन २०१८ अप्रिल २ तारीख बैशाख कृष्ण पक्ष द्वितीया तिथी चन्द्रमा तुला राशिमा सुर्य उत्तरायण वसन्त ऋतु – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पारीवारिक झोर झमेलाले सताउनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मानसिक तनाबको सामना गर्नु पर्ला । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ । मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोग भरपुर रहनेछ । पराक्रममा बृद्यि हुनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

साजेदारी काममा हात नहाले कै बेस रहने छ । शारिरिक आलस्यता ले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । मानसीक चिन्ता रहन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । बाणिमा मधुरता छाउनेछ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला । खानपानमा ध्यान दिनु होला ।