पत्रकार स्मृति मोक्तानको जापानबाट खुल्ला पत्र! हेपेर घोचेर जातिय र धार्मिक द्वन्द मच्चाउने हरुलाई हानिन झापड !!

स्मृति मोक्तान
जापान

अहिले सामाजिक सन्जालमा जसरी यो गाईको मासु खाने र गाईलाई माता मान्ने कुराको विवाद भाईरल भईरहेकोछ।जब Facebook, Twitter, Instagram,खोल्छु। Online हरुमा समचार हेर्न खोज्छु तर जताततै यो कुरा बाहेक अरु केहि देख्न नपाउदा चुपलागेर बस्न यो मनले दिएन।एक पक्षले अर्को पक्षलाई जसरि हेपेर घोचेर जातिय र धार्मिक द्वन्द मच्चाईरहेको छ। अधिकार र इच्छा आ- आफ्नो हो खाना मन लाग्नेले खाउ माता मनाउन मन लाग्नेले मनाउ तर कसैले कसैको अधिकार माथि हस्तक्षेप नगरोस अरु माथि धावा नबोलोस,खानेले खाए हुन्छ मनाउनेले मनाए हुन्छ तर अरुको ईच्छामाथि आँच आउने काम र वचन प्रहार नहोस तामाङ र तामाङहरुको सपोर्ट मा बोल्ने हरुको ट्रोल, फोटो र स्टाटस देख्दा अशुभ अभद्र शब्दहरुको प्रयोग भएको देख्दा नदु:खेको मन सायद छैन होला। त्यस्तै गरि तामाङ र तामाङहरुको पक्षले पनि बदला त हो स्वभाविकनै लाग्छ ट्रोल स्टाटस फोटो बनाउनुमा पनि भनेकै त छ बारम्बार राधिका तामाङ ज्यु आफैले पनि “कुनै पनि भाषण र कुनै ठाँउमा गाई काट्न पाउनु पर्छ भनेर भनेकै छैन भनेर” हावाको भरमा चल्ने दुनिया कम्तिमा बास्ताकता के हो त्यो मात्र बुझने कोसिस त गर्नु!खै त हाम्रो नेपाल हामि नेपाली भन्ने भावना काहाँ गयो??

तामाङहरु को पक्षमा पनि धेरै छन् यहाँ तामाङहरु आफैमा पनि आफ्नो हक हित आधिकारको लागि लड्नु परेनि बढ्नु परेनि पछि पर्ने छैन डराउदिन पनि आफ्नो अधिकार पाएर नै छोड्ने छ।आजको एकाइसौ सताप्तिमा आएर अरुको अधिकार माथि खेलबाड गरौ हेपौ दबाबमा राखौ भन्ने सोचाई दिमाग बाट फाले हुन्छ।तामाङ,तामाङ भनेर धेरै घोचेर नबोल्नुहोस! हो तामाङ सबै राम्रो हुन्छ पनि भन्दिन कुनै तामाङ त्यस्तै होला तर एक दुई जनाले गर्दा सबैमाथि नराम्रो शब्द प्रयोग नगरोस।राधिका तामाङज्युले बोल्दै नबोलेको कुरा किन यसरी चर्चाको बिषय बनियो अच्चम लागेर आउछ! थियो होला कुनै नियम कानुन शाशन मा अरुको दबाबमा सहेर बस्नु पर्ने दिन तर यो दिन हरु गईसकेको छ।एउटा नारिको चरित्रको हत्या गरेर के नै पाउछ र?तामाङ र तामाङहरुको सपोर्टमा हुनेहरु आफ्नो हक हित र अधिकार को लागि जतिसुकै कठोर स्थिति आईपरे पनि हात पारेर नै छोड्नेछ र हामिले हाम्रो अधिकार कदापि पनि छोड्नु हुदैन छोड्दिन पनि केहि राम्रो काम गरियो सफलता हात पारियो भने मित्र भन्दा शत्रु धेरै हुनु स्वभाविक नै हो। यी वायात कुराहरु गर्दै गर्छन् हाम्रो नेपाली समाज सबै भन्दा अगाडि यहि कुरामा त छ।उपसभामुख राधिका तामाङ ज्यु तपाईको साहसिपन अझै पनि यसरी नै अग्रस्थानमा देख्न पाउ आफ्नो लक्ष र उद्देश्य पुरा गरेर मात्र छोड्नु काग कराउदै गर्छ पिना सुक्दै गर्छ तपाईको पछाडि करोडौ जनताहरु छन् हात र साथको कुनै कमी हुने छैन।