कस्तो अचम्म ! एकै परिवारका ३ दाजुबहिनी लोक गायन र मोडलिङमा जम्दै [हेर्नुहोस् भिडियो]

पहिल्लो समय नेपाल गीत संङ्गीतको बजारमा निकै आशा लाग्दा भएका छन् गायक विशाल रायमाझि र गायिका सर्मिला रायमाझी । त्यस्तै नव मोडलको रुपमा चम्किदै छिन् उनकी बहिनी एलिना रायमाझी। कलाकारिता क्षेत्रमा एकै घरका तिन व्यक्ति यसरी होमिएका छन् की उनीहरु यसै क्षेत्रमा लागेर केहि योगदान दिने सोचमा छन् ।

अर्घाखाचीबाट माध्यामिक तहको अध्ययन सकाएर मोडल एलिना रायमाझी अभिनय गर्ने सोचका साथ काठमाडौँ बसाई सरेकी थिइन्। उनीसँगै उनको दिदि र दाई पनि कलाकार बन्छु भनेर नै काठमाडौँ छिरेका थिए।

आकर्षक जिउडाल नृत्यमा अब्बल एलिना आईटम डान्स मार्फत कलाकारीता क्षेत्रमा डेब्यू गरेकि हुन । स्थानिय स्तरमा निर्माण भएका करिब १ दर्जन म्यूजिक भिडियोमा अभिनय गरी सकेकी छिन एलिनाले । सानै देखि नृत्य गर्न मनपराउने उनको आफनै चाहनाले आज एलिनालाई नेपाली सांगेतिक क्षेत्रको नशा चढाएको मात्र छैन, दिन रात नभनि संघर्ष गर्न बाध्य पनि बनाएको छ । अर्घाखाँचीमा आयोजना भएको आकार नृत्य प्रतियोगीताको महिला तर्फ प्रथम स्थान प्राप्त गरे देखि संर्घषको यात्रा सूरु भएको उनि बताउछिन । मलाई मेरी जेठी दिदि र आमाको ठुलो सहयोग छ यो क्षेत्रमा उनले भनिन् ।

तिज नजिकीदै जादा उनले आफनै दिदिको गीत नक्कले भिनाजुबाट पनि राम्रै भ्यूअर पाएकि थिइन् । यो गीत सार्वजनिक भएको २ घण्टामा करिब ७५ हजारले हेरेका थिए ।

सूरुवाति दिनमा आईटम गीत गरेकि एलिनाले आफुलाई त्यो ईच्छाले भन्दा पनि समयले गराएको बताउछिन । छिटो विश्वास गर्ने , छिटो रिसाउने ,कसैको भावनामा चोट नपुगोस चाहने र काममा लगनशिल छिन उनि । आफना् जिन्दगीका सबै भन्दा बढि समय आमाबुवालाई दिएर अधिकत्म सुख सुविधा दिने एलिनाको सपना छ ।

हेर्नुहोस् एकै परिवारका तिन कलाकारसँगको रमाइलो कुराकानी :