केपी ओलीलाई वारेन्ट जारी गर्ने भन्दै विप्लप समुहसंग यसरी आगो भए ओली (भिडियो सहित)

काठमाडौं- प्रधानमन्त्री केपी शार्मा ओलीले नेत्रविक्रम चन्दलाई चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनै पनि सिद्धान्तमा नभएको बताएका छन्। रिपोर्टर्स क्लबको २० औँ वार्षिकोत्वमा बोल्दै ओलीले चन्दका सिद्धान्त पुरानो भइसकेको बताए।

सिद्धान्त पढेर कोही क्रान्तिकारी नभएको उनको भनाई थियो। उनले कुनै पनि हालतमा बम सिद्धान्त नभएको दोहोर्याए।

चन्दको पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफुलाई वारेन्ट काटेकोमा उनले मजाक नगर्न आग्रह गरे। ‘विव्लवजी मजाक नगर्नुहोस् राजनीति यसरी हुँदैन। कालाकारिता गनर्ने हो भने भनिदिउँला’, ओलीले भने। उनले चन्दको राजनीतिक मजाक बढि भएको भन्दै चेतावनी समेत दिए।

उनले खाल (जनयुद्ध) उठिसकेपछि च्याँखे नथापे हुने भन्दै चन्द प्रति उनी कडारुपमा प्रस्तुत भयो।

हेर्नुहोस भिडियो सहित