नेपाल ‘ह्याण्डसम र ब्युटिफुलहरुको’ देश भन्दै ओलीले गरे भारतीय कलाकारलाई यस्तो व्यंग्य (भिडियो सहित)

स्कट नेपाल/काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘ह्याण्डसम र ब्युटिफुलहरुको’ देश भएको बताएका छन् ।

‘लंकादेखि आएकी रावणकी बहिनी लक्ष्मणप्रति कति हुरुक्क थिइन्, यो त ह्याण्ड्सम हरुको देश हो, ब्युटिफुलहरुको देश हो।’ ‘नेपालीजति सुन्दर अरु को छ? ओलीको प्रश्न थियो, ‘अरु पनि सुन्दर छन् तर नेपाली अल्लि बढी सुन्दर छन्। विश्वास नलागे शास्त्र पढे हुन्छ। मेनका, उर्वशी जस्ता सुन्दरी दुनियाँका कुन शास्त्रमा छन्?’चलचित्रकर्मीहरुलाई कथाले नभएर देशले मागेअनुसारका फिल्म बनाउन आग्रह गरेका छन्।

भारत भ्रमणका क्रममा त्यहाँका बलिउडका कालाकारहरुसँग भेट र डिनर हुने भन्दै उनले त्य दौरानमा उनीहरुसँग छलफल गर्ने समेत बताए। ‘बलिउडका कालाकारले नेपालको धेरै ध्यान दिँदैनन कि जस्तो लागेको छ’, प्रधामन्त्री ओलीले भने, ‘क्यामरा जति राम्रो भएपनि ब्याकग्राउण्ड राम्रो नभए के खिच्छन? राम्रो खिच्न त यहाँ आउनुपर्छ।’

प्रधानमन्त्री ओलीले नेपाली सिनेमा र नेपालका बारेमा जानकारी दिन तुरुन्तै नेतालमा बलिउडका कालाकारसँग छलफल गर्ने बताए।

हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन