Sunday , November 19 2017
Breaking News

स्थानीय तहको निर्वाचनमा एक भएर जुट्न रसुवा कांग्रेसलाई डा. महतको निर्देशन।

धुन्चे,चैत १।
नेपाली कांग्रेसका नेता एबम पुर्ब मन्त्री डा. रामशरण महतले स्थानीय निर्वाचनमा पार्टीको सबै कार्यकर्ताहरुलाई एक भएर लाग्न निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस रसुवा को पार्टी कार्यलयमा आयोजित संम्क्षित भेटघाटमा नेता महतले उत्त निर्देश दिनु भएको हो । आपसी विवादलाई अन्त्य गरी सबै शक्ति निर्वाचनमा ल्याउन पार्टीका नेताहरुलाई अनुरोध गर्नु भयो ।हामी एक भएको खण्डमा कांग्रेसलाई कुनै पनि शक्ति पराजित गर्न नसक्ने भएकोले तिक्तताहरूलाई बिर्सेर एक हुनुपर्ने बताउनु भयो।अर्को सन्धर्भमा नेता महतले रसुवा जिल्लाको जलविद्युत,पर्यटन र अन्तर्राष्ट्रिय स्तरको ब्यापारीक नाकाको कारण जिल्लाको मात्रै नभै देशको अर्थतन्त्रमा टेवा पुर्याउने बताउनु भयो ।

कार्यक्रममा नेका रसुवा निबर्तमान सभापति लामा कार्पु तामाङले बिगतको कुरालाई बिर्सदै एक भएर निर्वाचनमा लाग्ने बताउनु भयो।उहाले हाम्रो नेता डा रामशरण महत ज्यु अर्थ मन्त्री हुदा रसुवा जिल्लाको बिकासको लागि गर्नु भएको योगदान को उच्च संमान गर्दै रसुवालि जनताको तर्फबाट धन्यवाद दिनु भयो।उहाले भुकम्प पछि केरुङ नाका खोल्न नेतृत्वदायी भुमिका खेल्नु भएको र यहाको सडक निर्माणमा उव्च प्राथमिकता दिनु भएकोमा रसुवालि जतता उहाँलाइ धन्यवाद दिन चाहान्छ्न।
कार्यक्रममा नेपाली कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले चाडै नै पार्टीले चुनावी अभियान सुरु गर्ने र रसुवा सबै गाउँ पालिकामा कांग्रेसले विजयको झन्डा फहराउने बताउनु भयो । नेता डा. महतले रसुवा जिल्लाको बिकासको लागि पुर्याउनु भएको योगदानले गर्दा रसुवा कांग्रेसले शिर ठाडो पार्न सकेको सभापति तामाङले बताउनु भयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्ब अध्यक्ष एबम सांसद रन्जित कर्ण तरुण दलका पुर्ब महासचिव पुस्बराज पराजुली ,नुवाकोट कांग्रेसका नेताहरु रमेशकुमार महत ,प्रमोद रिमाल ,रामजी पौडेल ,नेका रसुवाका पुर्व सभापति ठाकुर देवकोटा , पुर्ब सचीव राजु तितुङ ,रसुवा काठमाडौ सम्पर्क समितिका अध्यक्ष कुमार देवकोटा ,तरुण दल रसुवाका अध्यक्ष दिलबहादुर मोक्तान , महिला संघ रसुवाका सभापति देवकी रैला ,लोकतान्त्रिक खेलकुद समिति रसुवाका अध्यक्ष शैलेश पौडेल ,महासमिति सदस्यहरु महाधिवेशन प्रतिनिधिहरु जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

This slideshow requires JavaScript.

Leave a Reply