राजा फ्यालिएका होईन रहेछन्, मात्र बदलिएका रहेछन्! ज्वाला संग्रौला !

ज्वाला संग्रौला जापान,
जनताकै माझबाट सत्तामा पुगेकाहरूबाट जनतालाई नै सास्ती हुने काम भएपछि जति तन्त्र फेरिपनि देशमा केहि नापिने रहेनछ।
व्यवस्था बदलिँदा पनि सत्तामा पुग्नेको व्यवहार भने आखिर सधैं किन उस्तै हुन्छ ? किनभने भित्रबाट हरेक मान्छे शक्तिकै पुजारी हुन्छ अनि शक्तिको स्वभाव अरूमाथि शासन गर्नेखालकै हुन्छ,! , फलेको वृक्षको हाँगो झुक्ने भनेको लेखनाथको कवितामा मात्रै हो, व्यवहारमा त सत्तामा पुगेकाहरूमा नम्र हुने होइन, गजक्क परेर आफूलाई आम मानिसबाट टाढा राख्ने र पृथक् देखाउने बानी हुन्छ । सारालाई रोकाएर खाली बाटामा शासकहरू आफू मात्रै हिँड्नुको अर्थ नै यही हो ।’ अरू बेला सहज हुने, हात मिलाउने , र कुशलमंगल सोध्ने नेताहरू मन्त्री भएपछि नचिनेजस्तो गर्ने प्रवृत्ति र मौका पर्ने बित्तिकै आफूलाई अरूभन्दा विशिष्ट देखाउने जड मानसिकताको शिकार भएका यस्तै हरिलण्ठुका हातमा परेर पटक पटक देश डुब्यो र जनताले सास्ती पाईरहे! आज त झन् आर्यघाटबाट ठूला महाराजको हंसले पनि बौरिएर नयाँ उत्तराधिकारीको चर्तिकाला हेर्यो होला ..! राजा फ्यालिएका होईन रहेछन्, मात्र बदलिएका रहेछन्! यो सत्ता र शक्तिको नखरमाउलो रवाफ कहिले सम्म हँ? जनताका अगाडि घुँडा टेकेर जबाफ दे ओली सरकार.,! (ज्वाला संग्रौलाको लेख उहाकै फेसबुक वाल बाट साभार)