राष्ट्रपतिको सम्बोधन पछी सांसदहरुको एकै स्वर ‘प्रधानमन्त्री ओलीको नेतृत्वमा देशमा विकासको लहर आउछ’.

स्कट नेपाल/काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको छ ।

तीन तहको निर्वाचनपछि बिहीबार राष्ट्रपतिले दुवै सदनलाई पहिलो पटक ऐतिहासिक सम्बोधन गर्नुभएको हो । संघीय संसदको संयुक्त बैठक सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

बग्गीसहित संघीय संसद भवनमा पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत  गर्नुभएको थियो ।

राष्ट्रपतिको सम्बोधन पश्चात प्रतिनिधि सभा सदस्य नविना लामाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा  देश अब बिकास र सम्वृद्धिको मार्गमा अगाडी बढ्ने बताउनु भएको छ    ।

नेपाली जनता ढुक्क हुनु भए हुन्छ देश अब बिकास सम्वृद्धिको मार्गमा अगाडी बढ्छ गरिब मजदुर सबैको दिन आउछ प्रतिनिधि सभा सदस्य मना केसीले भन्नु भयो  ।

हेर्नुहोस सो कार्यक्रममा राष्ट्रपतिको सम्बोधन देखि चार सांसद नविना लामा, मना केसी, कोमल वली र देबेन्द्र पौडेलको प्रतिक्रिया

भिडियो सहित ..