गायक पदम विसी र गायीका माया विसीको आवाजमा सजिएको गित “नाच्दै गाँउदैे पिरती लाउला नी – भिडियो सहित

आर पोखरेल , काठमान्डौँ, चैत ६
योगदान म्युजिक प्रालीको प्रस्तुतिमा हाम्रो खेलौ दोहोरी को लोकदोहोरी एल्बम “नाच्दै गाँउैे पिरती लाउला नी ” गीतमा गायक पदम विसी र गायीका माया विसीको आवाजमा रहेको गीत युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।
पुर्वखोला गाउपालिका ६ पाल्पा मा जन्मिएर विगत २०६४ साल देखी नेपाली गित संगितमा निरन्तर प्रवेश गर्नुभएका गायक संगितकार पदम विसी को कर्णप्रिय आवाजमा गित बजारमा आएको हो । नेपाली संगितीक क्षेत्रमा सिर्जनशिल ब्यक्तित्व विसीका हाल सम्म २ दर्जन भन्दा बढीमा गितहरूमा आफ्नो आवाज दिनुभएको छ । फुक्यो चोलि तुना,डोको राम्रो बुनेको, हिरा टल्केको, र सुगम संगित तर्फ तिम्लाई खुशि पार्न , सपना जाति जस्ता ३०० भन्दा बढी गीतमा आफ्नो शब्द संगित भर्नु भएका गायक तथा संगितकार बिसि। बहुआयामीक व्यातिmत्व रहनुभएको छ । उहाले १ हजार भन्दा बढी गीतमा संगित संयोजन (एरेन्ज) गर्नुभएको छ । र हाल प्रसन्न म्युजिक प्रा ली का प्रबन्ध निर्देशक पनि हुनुहुन्छ । जुन हालै सार्वजनिक भएको गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा समावेश गरेर सम्वोधन गरेको छ । युवा युवती विचको मायाको वार्तालापलाई निकै मार्मिक रुपमा शुशिला भण्डारी को शव्द सिर्जना र पदम बिसिकै लय तथा म्युजिक एरेन्जमा रहेको सोहि गितको छायाँकन भने सन्तोष बस्यालले गरेको भिडियोलाई प्रबिन रेश्मी मगर ले सम्पादन गरेका छन । निरज सुनाम दिपा रसकोटी मगरको अभिनय रहेको सो गीतमा सुमन थापा मगरले निर्देशन गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला