Saturday , September 23 2017
Breaking News

मधेसबाट एमालेको विदाई हुने निश्चित छः अध्यक्ष महतो गर्जिय

 ‘मेचीदेखि महाकालीसम्म जहाँ एमाले जान्छ,त्यहाँ विरोध हुन्छ’ 

काठमाडौं । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष तथा मधेशी मोर्चाका नेता राजेन्द्र महतोले जनताले मधेसबाट एमालेको विदाई कार्यक्रमको सुरुवात गरिसकेको बताएका छन ।

अध्यक्ष महतोले एमालेले मेची महाकाली अभियानको नाममा मधेसी जनतासँग मुडभेड गर्ने योजना अनुसार तराईमा प्रवेश गरेको आरोप लगाउदै एमाले जहाँ जान्छ,त्यहाँ मोर्चा सम्बद्ध दलका नेता,कार्यकर्ता र आम जनताले विरोध गर्दै लखेट्ने बताएका छन ।

अध्यक्ष महतोले हिजो हरपल संवाद कार्यक्रममा बोल्दै मधेसबाट एमालेको विदाई गरिने बताएका हुन । उनले एमाले मुक्त मधेसको अभियान तराईका जिल्लाहरुमा जनताले सञ्चालन गरिरहेको बताए ।

उनले हरपल नेपाल डट कमका पत्रकारको जिज्ञासामा जवाफ दिदै, एमालेले पटक पटक मधेसी जनताको भावना विपरितका गतिविधि र अभिव्क्तिहरु दिदै आएका कारण मधेसका जनताहरु एमाले प्रति अत्यन्त आाक्रोशित भएको अवस्थामा एमालेले मेचि महाकाली अभियान चलाएर मधेसमा मुडभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाए ।

उनले एमाले सरकारमा हुदा वा बाहिर हुदा जहिलेपनि मधेसी जनताको मागको विपरित देखिएको बताउदै भने–‘एमाले जहाँ जहाँ जान्छ,त्यहाँ मधेसका जनताले उसलाई लखेट्ने निश्चित छ । हिजो नेपालगंजमा पनि एमालेको विरोधमा त्यहाँका जनताले पूर्ण रुपमा बजार बन्द गरेका छन । अब एमाले मधेसबाट विदाई हुने पक्का हो ।’

काग्रेस,माओवादी मधेसका मागहरुको विषयमा सकारात्मक देखिएको बताउदै उनले भने–‘एमालेले संविधान संशोधनको विषयमा समर्थन नगरेसम्म मोर्चा र मधेसी जनताले उसलाई लखेट्न छोड्दैनन । राष्ट्रिय समस्याहरुको समाधानमा अहिले एमाले प्रमुख बाधक देखिएको छ । उसले आफ्नो नितिमा सुधार गर्नुको विकल्प हामीले देखेका छैनौ ।’  – हरपलनेपाल डट कम बाट साभार : 

 

Leave a Reply