गाइ काट्न पाउनु पर्छ, काट्नु हुदैन !! प्रवास बाट चेलीको आवाज (भिडियो)

पछिल्लो समयमा अत्यन्तै विवादको विषय बनेको गाई काट्न पाउनुपर्छ र काट्नु हुँदैन भन्ने कुराको बिबाद एकदमै सामाजिक संजालमा बढी रहे पछी शरिन ख्युङ्वा तामाङले यस्तो स्टाटस भिडियो सहित सार्बजनिक गर्नु भयो हामीले जस्ताको तस्तै तपाई सामु पोखी रहेका छौ |

नेपाल देश तिनको मात्र बिर्ता होइन हाम्रो पुर्खाको रगतले सिजेको भुमी पनि हो जस्को परम्परा सस्कृती प्यारो छ हामीलाई
म मुत पनि खान्न मासु पनि खान्न तर खानेले मुत खान पाउनुपर्छ खानेले मासु पनि खान पाउनुपर्छ …आफुले खादा परम्परा जोगाउन धर्म सस्कृतिको नाउ दिने अरुले आफ्नो धर्म सस्कृतिक जोगाउन गरेको चाहिँ अपराध???
अपराधि त्यो हो जसले दूध खाने बच्चा पशु देविको नाउँमा भोग दियर घरमा ल्याइ रक्सी सङ्ग भुटुन बनाइ तीन पाथी होसर्छ त्यो हो अपराधी तेस्तालाइ हुनुपर्छ कानुन जसले दुधे बच्चा पशु तिनको आमाको काखबाट खोसेर हत्या गरेको छ त्यो हो अपराधी
सक्दो शेयर गर्दिनुस देश तिनको मात्र बिर्ता होइन हाम्रो पुर्खाको रगतले सिजेको भुमी पनि हो

गगन थापालाई कम समर्थन, राधिका तामाङको पक्षमा उत्रिए आदिवासी
तामाङको सो अभिव्यक्तिपछि उनको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा टिप्पणीहरु आइरहेका छन् । उनी विवादमा परेकी छन् ।
आदिवासी जनजाति समुदायका व्यक्तिहरु उपसभामुख तामाङको पक्षमा उभिएका छन् भने खस आर्य समुदायका व्यक्तिहरु कडा विरोधमा उत्रिएका छन् ।

आदिवासी जनजातिका अगुवाहरु समेत तामाङको पक्षमा खुलेर लागेको देखिएको छ । आदिवासी नेता आङकाजी शेर्पादेखि सर्वसाधारणसम्मले तामाङको पक्षमा सामाजिक सञ्जालमा विचार व्यक्त गरेका छन् ।

शेर्पाले यसपटकको साकेला उभौली र चासोक तङनाममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई प्रमुख अतिथि बनाएर, उपसभामुख तामाङ र गृहमन्त्री बादलका साथमा गोरु काटेर खानुपर्ने बताएका छन् ।

‘पितृहरुलाई सम्मानस्वरुप गोरु चढाउनुपर्छ, सबैलाई गोरुको सुकुटी र मोमो खुवाउनुपर्छ,’ शेर्पाले आफ्नाे फेसबुक वालमा लेखेका छन्, ‘धर्मनिरपेक्षता कार्यान्वयन गर्नुपर्छ ।’

मुलुक धर्मनिरपेक्ष घोषणा भएको दश वर्ष बितिसक्दा पनि गोरु खाएको आरोपमा तामाङ लगायत समुदायका मानिसहरुलाई राज्यले जेल हाल्ने काम गरिरहेको भन्दै विरोध गरिएको छ ।

लिम्बू, राई, याक्खा सुनुवार लगायत किरात समुदायले पितृको पुजा गर्दा खोरु काट्ने चलन परम्परागत रुपमा रहँदै आएको भए पनि मुलुक ऐन बनेपछि गोरु काट्न बन्देज लागेको थियो ।

आफ्नाे प्रथाजनित पहिचानवादी रितिरिवाज गर्न राज्यले बन्देज लगाएकाले किरात समुदायका मानिसहरुले पनि हाल उपसभामुख तामाङको पक्षमा वकालत गरिरहेका छन् । तामाङ र किरात मात्रै नभएर मगर र गुरुङ लगायत समुदायका मानिसहरु पनि तामाङको पक्षमा उभिएको देखिन्छ ।
आदिवासी जनजाति युवा महासंघका अध्यक्ष समेत रहेका जीएस गुरुङले उपसभामुख तामाङ धर्मनिरपेक्ष नेपालको संविधान कार्यान्वयनमा ‘वान म्यान आर्मी’ भएको टिप्पणी गरेका छन् ।

‘धर्मनिरपेक्ष नेपालको संविधान कार्यान्वयनमा वान म्यान आर्मी बन्नुभएकी माननीय उपसभामुख राधिका तामाङज्यू तपार्ईलाई सलाम,’ गुरुङले भनेका छन्, ‘तपाई अगाडि बढ्नुस हामी छौ पछाडि ।’
हरि घर्तीमगरले गाई खान प्रतिबन्ध लगाउनुपर्छ भन्नेहरु मानवअधिकार हनन् गर्ने गिरोहहरु भएको बताएका छन् ।

‘इच्छा हुनेले गाईको मासु खान पाउनुपर्छ,’ उनले भनेका छन्, ‘गाई खान प्रतिबन्ध लगाउनुपर्छ भन्नेहरु मानवअधिकार हनन्का गिरोहहरु हुन्, यिनीहरुलाई मानवअधिकार हननको मुद्दामा कारबाही गर्नुपर्छ ।’
यदपि खस आर्य समुदायका मानिसहरुले भने तामाङको विरोध गरिरहेका छन् ।

उपसभामुख तामाङको तस्बिरमा रिप लेखेर उनीहरुले आफ्नाे वालमा सेयर समेत गरिरहेका छन् भने केहीले विभत्सव रुपमा गाई काटेको तस्बिर राखेर गाई काट्न नहुने सन्देशसहितको विचार राखेका छन् ।-सार्बजनिकडटकम