गाई राष्ट्रिय जनावर रहे पनि नरहे पनि पुज्नेहरुले पुजे हुन्छ, खानेहरुले खाए हुन्छ भन्दै जापान बाट चेलीको आवाज भिडियो सहित ! !

ज्वाला संग्रौला, जापान
पछिल्लो समयमा अत्यन्तै विवादको विषय बनेको गाई काट्न पाउनुपर्छ र काट्नु हुँदैन भन्ने कुराको बिबाद र बेतुकको कोलाहल दुबै व्यवहारिक छैनन् । नत बैज्ञानिक नै ।गाई काट्न पाउनुपर्छ र काट्नु हुँदैन भन्नेहरु दुवै अतिवादीधारका मान्छेहरु हुन । धर्मको नाममा अस्तित्व जोगाउन खोज्ने कुवाका भ्यागुताहरु हुन् । यो संसार त्यो अतिबादी सोचले भरिएको साँघुरो कुवा होईन,फराकिलो छ । त्यसैले फराकिलो संसारमा बाँच्ने प्रयास गरौं । सबैखाले समुदायको भावनालानुई बुझ्ने प्रयास नभएकै कारण राजनीतिक परिवर्तनको नाममा मुलुकले थेग्न नसक्ने व्यवस्था भित्र्याएका छौ । पञ्चायतकालमा एकसय ५ जना जनप्रतिनिधि भए पुग्ने मुलुकमा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभामा गरी ८ सय ४४ जनालाई राज्यको ढुकुटीको दोहन गर्न दिइरहेका छौं । बाकी भिडियोमा सुन्नुहोस् !