बेलायतमा छायांकन नया पन्चेबाजा गित ‘कसम खाएको’ युटुब मार्फत सार्बजनिक (भिडियो सहित)

युके,
चर्चित लोक दोहोरि गायक राजु ढकाल र चर्चित गायीका देबि घर्ति मगरको स्वरमा नयाँ पन्चेबाजामा आधारीत गीत ‘कसम खाएको’ बजारमा आएको छ। यी जोडीको स्वर रहेको कसम खाएको बोलको गीतको शब्द सुजन लम्सालको हो भने लय राजु ढकालको हो । बेलायतमा छाँयाकन गरिएको भिडियो निकै सुन्दर बनेको छ । यो पन्चेबाजा गीत ‘कसम खाएको’ गायक राजु ढकालको आफ्नै युटुब मार्फत सार्बजनिक गरिएको छ। यस गीतको लय/शब्द भने सुजन लम्साल र राजु ढकालको आफ्नै रहेको छ । यस गीतको निर्देशन राजु ढकाल आफैले गरेका छन् ।

भिडियोमा दिपक, सुमन र जानकीलाई देख्न सकिन्छ । राजु ढकालले नै निर्देशन गरेको भिडियो टिका अधिकारीले खिचेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका छन् । आशय डिजिटल प्रालिले भिडियो बजारमा ल्याएको हो । पोस्ट प्रडक्शन एडभेञ्चर फिल्मको हो ।

गीतमा प्रेमी प्रेमिकाले प्रेमसम्बन्धमा रहँदा खाएका कसम, रोधी घर गएको स्मरण गर्दै अब वैवाहिक जीवनमा प्रवेश गर्न आतुर रहेका जस्ता शब्द समेटिएका छन् । चर्चित जोडी राजु र देवीका सबै गीत चर्चित छन् ।

गीत र भिडियो तयार पार्नका लागि कृष्ण ढकाल, कमला ढकाल, अमर साहनी, देवी साहनी, अजय सुवेदी, निरजा सुवेदी, तुलक रेग्मी, रमा रेग्मी, चन्द्र साहनी, सीता खरेल, भोजराज भण्डारी, रामप्रसाद न्यौपाने, नन्द सापकोटा, सीता पौडेल, सरस्वती थापा, रन नेपाली, गीता थापा, बोमबहादुर नेपाली, पार्वती भण्डारी भेमा खत्री, लीला थापा, राम साहनी, प्रदीप साहनी, शान्ति नेपाली समाज बेलायतका पदाधिकारीको सहयोग रहेको छ ।