३ सयको निःशुल्क मधुमेह जाँच, किन हुन्छ मधुमेह ?

बाराही बचत तथा ऋण सहकारीले शनबार आयोजना गरेको शिविरमा ३ सय ५ जनाको निशुल्क जाँच गरिएको छ । सहकारीले सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल० को प्राविधिक सहयोगमा मधुमेह तथा रगत हुने खराब बोसो सित्तैमा परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।
कार्यक्रममा ग्यास्ट्रो केयर प्रालि ९पेट तथा कलेजो उपचार केन्द्र० का डा सुवास भट्टराईले मधुमेह तथा रगतमा हुने खराब बोसो नियन्त्रण र यसका उपचारबारे प्रकाश पारे । समुदायमा यी रोगबारे अनेक भ्रम रहेकाले भ्रमको पछि नलाग्न आग्रह गरे । ‘मधुमेहमा भात खानै हुन्न, यसको मुख्य कारण वंशाणुगत हो भन्ने भ्रम हो,’ उनले भने, ‘समस्या भातमा होइन, भातको मात्रामा छ ।’ डा भट्टराईले चुरोट, रक्सी सेवन नगर्न, शारीरिक व्यायम गर्न र प्राकृतिक खालका खानेकुरा खान सुझाव दिए ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले समुदायसँग सहकार्य गर्दै युआरएल अघि बढ्ने बताए । उनले स्थापनादेखि विभिन्न संघ, संस्थासँगको सहकार्यमा भएका ४७ शिविरमार्फत् २७ हजारले सेवा पाएको उल्लेख गरे । पन्तले भने, ‘अत्यावश्यक सेवा र स्वास्थ्य चेतना सर्वसाधारणले सँगसँगै पाउन भनी शिविरहरु आयोजना गरेका हौं ।’ सहकारीका अध्यक्ष दुर्गाबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष महेन्द्र श्रेष्ठ र सञ्चालन सहकारीका सञ्चालक समिति सदस्य राधिका शर्माले गरेका थिए ।

किन हुन्छ मधुमेह ?

मधुमेहका कारण प्रत्येक १० मध्ये एक जना महिला मधुमेहका बिरामी हुने बताइन्छ । अन्तर्रा्ष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभरि १९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्याङ्क छ । प्रत्येक पाँचमध्ये दुईजना महिला प्रजनन उमेर समूह अन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारणमध्ये नवौँ कारण रहेको चिकित्सकको भनाइ छ ।
मानव शरीरभित्रको आमाशय र आन्द्राको बिचमा प्याङक्रियाज ग्रन्थिमा गडबड भएर इन्सुलिन हर्मोनको मात्रा कम हुँदा वा उत्पादन नै रोकिए मधुमेह लाग्न सक्छ । मानव शरीरमा भएको रगतमा चिनीको मात्रा बढी देखिनुलाई चिनी रोग पनि भनिन्छ ।

यस्ता छन् १० लक्षण

– अनियमित तरिकाले पिसाब लागिरहनु ।
– अस्वाभाविक रूपमा भोक लाग्नु, तर जति खाए पनि मानव शरीरमा बजन नबढ्नु ।
– छिनछिनमा तिर्खा लाग्नु, तर पानी खाए पनि मुख सुक्खा भइरहनु ।
– यौन इच्छा घट्दै जानु, शारीरिक सम्पर्क गर्ने बेला यौनसाथीसँग झर्कोफर्को गर्नु ।
– रीरमा कुनै कारणले घाउ, चोटपटक लाग्यो भने निको हुन समय लाग्नु ।
– शरीरका विभिन्न भागमा अनावश्यक तरिकाले चिलाउनु ।
– निरन्तर रूपमा छालामा संक्रमण हुनु ।
– आँखाको हेर्ने शक्ति कमजोर हुनु, आँखा धमिलो भएको महसुस हुनु ।
– कमजोर हुँदै गएको महसुस हुनु ।
– आफूप्रति वितृष्णा जागेर आउनु, रुखो व्यवहार गर्न थाल्नु ।

यस्तो छ कारण

– घर अथवा मावलीतिरका कसैलाई मधुमेह छ वा थियो भने मधुमेहको वंशानुगत गुण सर्छ ।
– विलासी जीवन बिताउने र व्यायाम पटकै नगर्ने मानिसलाई मधुमेह रोगले सताउँछ ।
– शरीरलाई आवश्यक पर्नेभन्दा बढी खानेकुरा खायो भने पनि मधुमेह रोगले च्याप्न थाल्छ ।
– गुलियो पदार्थ धेरै मन पराउनु र अत्यधिक मात्रामा खानु पनि मधुमेह निम्त्याउने कारण हो ।
– अल्छी र खन्चुवा स्वभावको मान्छे र मोटोघाटो मानिसलाई छिटै मधुमेह रोगले भेट्छ ।
– गर्भावस्थाको लाइफस्टाइलमा ध्यान नदिए मधुमेह रोगले च्याप्छ ।
– चिया, कफी, केकलगायत चिनीबाट बनेका परिकारमा बढी जोड दिने मानिसलाई मधुमेहले सताउँछ ।
– कार्बोहाइड्रेडको मात्रा बढी भएका आलुलगायत वस्तु मन पराउने मानिसलाई मधुमेह रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।
– मिर्गौला, कलेजो र मुटुरोगका बिरामीलाई उपचारका क्रममा दिइने विभिन्न औषधिका कारण पनि मधुमेह रोग लाग्न सक्छ ।
– शरीरमा भिटामिन सीको कमी हुँदा मधुमेह रोग लाग्न सक्छ ।

बच्ने उपाय के छन् त ?

– विलासी जीवन त्याग्ने, सन्तुलित भोजन तथा आहार सेवन गर्ने ।
– मन र मस्तिष्कलाई सकारात्मक राख्न सकारात्मक सोचको विकास गर्ने ।
– नियमित व्यायाम, श्रम तथा योग गर्ने । हरेक बिहान कम्तीमा पनि एक घण्टा हिँडडुल गर्ने ।
– दुई–दुई घन्टाको बिचमा खानपिन गर्ने बानी बसाल्ने, समयमै खाने ।
– शरीरलाई आवश्यक पर्ने भिटामिन सी पर्याप्त मात्रामा सेवन गर्ने ।
– हप्ताको दुईपटक शरीर मालिस गर्ने र सम्भव भएसम्म जिम जाने ।
– ठिक समयमा सुत्ने र ठिक समयमै उठ्ने ।
– अध्यात्मतिर ध्यान दिने, दैनिक जीवनशैली बदल्ने र नियमित रुटिनमा चल्ने ।
– चिनीको मात्रा बढी भएका चिया, कफी, सख्खर, चक्लेट, बिस्कुट, चाउचाउजस्ता खानेकुरामा जोड नगर्ने ।
– मधुमेहको लक्षण देखिए तत्काल तत्काल चिकित्सकसँग परामर्श लिएर औषधि सेवन गर्ने ।