मेरी बास्सैका सापटीले मर्ने गरी हँसाए (भिडियो) 

पोखराका दीवाकर भण्डारी पछिल्लो समय मेरी बास्सैमा जमेका कलाकार हुन् । मेरी बास्सैमा सापटीको भूमीकामा दीवाकर भण्डारीले खेल्दै आएका छन् । यता उनी प्रदेश नंं ४ को उत्कृष्ट टेलिभिजन फेवा टेलिभिजनबाट प्रशारण भईरहेको ल खत्तम..का लेखक तथा निर्देशक पनि हुन् । उनले उक्त हास्य टेलिश्रृङ्खलामा लुन्ठेको भूमीका निर्वाह गरेकाछन् । ल खत्तम पोखराको फेवा टेलिभिजनबाट शुक्रबार साँझ ७ः५० मा प्रशारण हुँदै आएको छ ।
पोखराको हेमजामा माछापुच्छ«े निर्माण समितिको उद्घाटन कार्यक्रममा भण्डारी सहित कलाकार लक्ष्मण ढुंगानाले दर्शकलाई पेच मिँचिमिची हँसाएका छन् । बिरामी र डाक्टरको कथामा आधारीत हाँस्य सम्बादबाट उनीहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।